0Shares

सम्पूर्णमा दर्जा अनुसारको नमस्कार

हजुर, कर्ममा बिश्वास गर्छु । मेहनत नगरे असफल होइन्छ भन्ने राम्रो संगै बुझेको छु । संघर्ष नै जिवन हो बुझेको छु । जिवनमा धेरै अफ्ट्यारा हरु पार गरेको छु । कयौ पटक मृत्यु बाट समेत बचेको छु । सिधा बोल्छु, सबैलाइ मिठो नलाग्न सक्छ,तर सत्य बोल्छु । चिल्लो घसेर क्षणीक राम्रो हुन आउदैन, सिधा बोल्ने पछि गएर नराम्रो लाग्न भन्दा जसलाइ जस्तो लागे पनि तत्काल नराम्रै लागोस भनेर त्यति वास्ता गर्दिन ।

आज सम्मको अनुभवः मेरो शैली र ब्यबहारले तत्काल गलत लागेर टाढीएकाहरु पनि कालान्तारमा त सहि रहेछस भनेको पाएको छु ,यसले थप आनन्दीत र उर्जा थपिदीन्छ ।

बोलि अलि सिधा र झ्याप्प बोल्ने बानि छ , कसैलाइ ठाडो लाग्न सक्छ, त्यो मेरो बानि हो । ठुलो आवाज छ, बोल्दै जादा चर्को स्वर हुन्छ, यसले म आफैलाइ घाटा भएको छ सुधार्न खोजे सकिन ।
नसा केहि लिदिन, रक्सि चुरोट,कुनै पनि नशा आजको दिन सम्म थाहा छैन । भ्रमणमा रुचि राख्छु त्यति धेरै अबसर पाएको त छैन । सोच छ ।

अन्याय सहन सक्दिन, आफ्नो पराइ तत्काल प्रतिकार गर्न मन लाग्छ र गर्ने गरेको छु । यसले कहिले काहि आफैलाइ हानि पनि गरेको छ । यो मेरो स्वभाव हो । बिद्रोहि स्वभावको छु, पहिलो बिद्रोह नै घर देखि सुरु भाथ्यो ।

म कुनै पनि चिज कुरा सहि वा गलत हेर्ने गर्छु, गलत सबैको लागि गलत सहि दुश्मनले गरे पनि छिट्टै प्रसंशा गर्ने गर्दछु । राजनिती मानब जिवनमा आबस्यक छ यसले चेतना दिन्छ र स्थर उकास्छ भन्ने लाग्छ । राजनिती भनेको पार्टी मात्र होइनन हरेक बिषयमा हुन्छ बुझेको छु ।
सानै देखि सामाजिक कार्यमा सक्रिय भए, आजको दिनसम्म छु । दिनभर बोरामा बोकेर बजारमा बन्दा काउली बेच्न लगेर प्राप्त पैसा, आबस्यक परेको अर्कैलाइ दिएर रित्तो हात घर जादा बुबा आमाको गालि खाएको खुब सम्झना छ । मन कमलो छ । छिट्टै भावुक हुन्छु, फ्लिम हेरेर धेरै पटक रोएको छु ।

राजनितीमा चासो राख्छु । अध्ययन गर्न अलिक अल्छि छु । हेरेको सुनेको भरले कहि कतै धोका पाएको पनि छु । कुनै पनि कुराले मन खायो भने त्यो गर्न नै पर्छ । अलि जिद्दी छु भन्नु पर्ला । मन नगएको कुरा जति पहल गरे पनि म बाट हुन सक्दैन । सबै भन्दा पहिले कुनै पनि चिजलाइ मन ले गर यो ठिक छ नभनि हुदैन ।

अन्तिम गन्तव्य गल्कोट जन्मभुमि हो । यसमा प्रतिबद्ध छु, सोहि गर्ने छु, राजनैतिक तथा  सामाजिक कार्यमा सक्रिय हुने र जिवन कालको अन्त सम्म भइरहनेछु ।

हाल ब्यबसाय परिवार बाट बचेको समय मा राजनिती संगै सामाजिक कार्यमा सक्रीय छु । निरन्तर लागिरहेको छु । म समाज सेवी होइन, समाज मा केहि गर्नु पर्छ भन्ने अग्रजहरुको सिकोले केहि गर्नु पर्छ भन्ने सोच मात्र हो, तसर्थ समाजसेवक भन्न रुचाउछु ।

जन्मभूमिमा केहि गर्नु पर्छ भन्ने सोच अनबरत छ, म आफु गल्कोटे भएको कारण बिदेशीएका गल्कोटेहरु एक हुनु पर्छ समृद्ध गलकोट नारा मात्र होइन ब्यवहारमा लागु गर्न र परिवर्तन गर्नको लागी अब गलकोटेहरु लगानिमा हात हाल्नु पर्छ । यस क्रममा बिभिन्न देशमा समन्वय गर्दै गलकोट समाजको निर्माणमा तिब्र आफ्नो क्षमताले भ्याए सम्म लागिरहेको छु । अन्तराष्ट्रीय गल्कोट समाजको निर्माण अनि समृद्ध गलकोटको लागी गल्कोटेकै सामुहिक लगानीको आबस्यकता लाइ चेतनामुलक अभियानको आबस्यकता अनि यसको पुर्ति को लागी आफ्नो स्थान बाट कोशिस सदा रहनेछ ।

आफ्नो बिचार नभएर अर्काको बिचारमा परिचालीत हुने, र क्षणिक स्वार्थको लागि आफ्नो नैतिकता नै गुमाउने ब्यक्ती देखि सारै धृणा लाग्दछ । तर यस्ता ब्यक्ती दिगो हुदैनन त्यो चाहि राम्रो संग थाहा छ ।

राजनितीमा चासो राख्छु, सामाजिक काममा रमाउछु, अध्यक्ष,  नेपाली जनप्रगतिशील मञ्च जापान (२०२१- २०२३) को कार्यकाल एतिहासीक रुपमा सम्पन्न गरि हाल नेकपा माओवादी केन्द्र एशिया प्रदेशको सचिव छु ।

सम्पूर्ण प्रेरणाको स्रोत मेरो पुज्यनिय पिता स्व. देवराज पन्त – सस्थापक कम्न्यूनिष्ट पार्टी बाग्लुंग । बुबा सदैब मेरो मन मुटुमा हुनुहुन्छ, म जहाँ हिडे पनि बुवाको उदारवादी सोच चिन्तन लिएर हिड्ने छु । बुबाको बिगत बारेमा म बुबा संगै संगत गरेका अग्रज बाट कुरा सुन्दा सबैभन्दा आनन्द आउने गर्दछ । अग्रजहरु जसले बुबालाइ नजिक बाट चिन्ने बुझ्ने गर्नुभाथ्यो उहाँहरु भन्ने गर्नुहुन्छ “तेरो बुवाको समाज प्रतिको चिन्तन र केहि गर्नु पर्छ भन्ने हुटहुटी त मा छ, कहिल्यै नथाकेस, निरन्तर राखेस” यसले मलाइ थप उर्जा प्रदान गर्छ साथै थप जिम्मेवार बनाउने गर्दछ ।

(हाल नागोया, आइचीकेन जापान)
(अक्ल्याण्ड, न्यूजिल्याण्ड )

फेसबुक प्रतिक्रीया दिनुहोस