हार्दिक आभारसहित कृतज्ञता ज्ञापन !

0Shares

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को २०२१-२०२३ कार्यकालको लागि नेतृत्व (अध्यक्ष) जिम्मेवारी दिनु हुने आठौ महाधिवेशनका सम्पूर्ण प्रतिनिधि, पर्यवेक्षक पार्टीका जिम्मेवार कमरेड लगायत सम्पूर्ण शुभचिन्तक र सहकर्मीहरुसहित वर्गीय नाताले हामीप्रति विश्वास राख्नु हुने लगायत सम्पूर्ण जापानबासी दाजुभाई दिदी बहिनीहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
दुई वर्षे कार्यकाललाई सफल बनाउन जापान र मञ्चको उद्देश्य परिपूर्ति गर्दै संगठनलाई संस्थागत चलायमान, गतिशिल र सक्रिय बनाउन विभिन्न कोणबाट महत्वपूर्ण योगदान दिनु हुने जापानमा रहेका वर्गीय नाता र विचारधारामार्फत एकाकार भएका मञ्चका सहकर्मी मित्रहरु क्षेत्रीय समितिका ज़िम्मेवार साथीहरु र हरेक कार्य र योजना सफल बनाउन समन्वयकारी भूमिका निर्वाह गरिदिनु हुने अग्रजहरुप्रति विषेश धन्यवाद व्यक्त गर्दछु ।
अधिवेशनको दौरानमा नेतृत्व चयनको लोकतान्त्रिक पद्धतिमा सहभागी भएर प्रतिस्पर्धा गर्ने र संगठनको केन्द्रीयतालाई स्वीकार गरि यो कार्यकाल भर अहोरात्र खटी सहयोग गर्नु हुने सम्पूर्ण सहकर्मी साथीहरु हाम्रो कार्यकालको दौरानमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग सहित शुभेच्छा व्यक्त गर्ने सबैमा हार्दिक आभार समेत व्यक्त गर्दछु ।

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन प्रक्रियामा सहभागी हुनु भै सहजतापूर्वक मार्ग प्रशस्त गरि (२०२१-२०२३) कार्यकालको अवधि भरका लागि मात्र कार्यसमितिको टिम बाहिर रहेर पनि टिममैं रहे सरह भूमिका निर्वाह गरिदिनु भएका सम्पूर्ण सहकर्मी मित्रहरूप्रति विषेश धन्यवाद व्यक्त गर्दै मञ्चलाई प्रवास समन्वय समितिमा नोटिस गर्ने स्थानमा पुर्याउन र प्रवासको पनि विशेषत जापानका रचनात्मक सल्लाह सुझाव, सहज असहज कुरा र गुनासा पार्टी र प्रवास समितिको नेतृत्वलाई राख्न सक्ने स्थान बनाउन पाएकोमा सबैप्रति खुशी व्यक्त गर्दछु । पार्टीको मूल नेतृत्वलाई जापानको सद्भावना भ्रमण गराएर दुई देशबीचको सम्बन्धमा अझ प्रगाढ़ बनेको र त्यो कार्य मेरो नेतृत्वको मञ्चले गर्न पाएकोमा गौरवान्वित छौ । मञ्चलाई समृद्ध बनाउने योजनालाई संगसंगै समेटेर सहकार्य गर्दै (२०२१-२०२३) कार्यसमिति अघि बढेको हामीलाई लागेको छ। यस कार्यकालमा जापान स्थित नेपाली राजदूतावास, महामहिम ज्यू, जापानमा रहेका सक्रिय संघ संस्था, समाज,व्यक्ति, व्यक्तित्व सरोकारवाला निकायहरूसंग आवश्यक समन्वय र सहकार्यमा आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्दै मञ्चको मूल्य मान्यता विधि विधानलाई आत्मसाथ गरेर आफ्नो जिम्मेवारी निर्वाह गरेको स्पष्ट पार्न चाहन्छु ।
हरेक कोणबाट सहयोग र सत्भाव पुर्याउनु हुने तपाईहरू सम्पूर्णमा फेरि पनि हार्दिक आभार व्यक्त गर्दै नव निर्वाचित कार्यसमितिको सम्पूर्ण टिमलाई हार्दिक बधाईसहित सफल कार्यकालको कामना गर्दै पार्टी र मञ्चका हरेक गतिविधिमा मेरो सक्रियता उत्तिकै रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद
भवदीय
भवानी पन्त
अध्यक्ष
२०२१-२०२३ कार्यकाल
नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN)

फेसबुक प्रतिक्रीया दिनुहोस