0Shares

म भर्खर ६,७ मा पढ्दै थे त्यो बेलाको गल्कोट मावि नयाँ भवन बन्ने तरखरमा थियो । हामी आफु पढ्ने बिधालय नयाँ भवन बन्दै गर्दा उत्साहित थियौ । भवन बन्दै थियो हामी केटाकेटिहरुको भागमा पनि त्यो बेला भवन बन्दै गर्दा स्याल गाँउ बाट बास बोकेर ल्याउने काम पर्यो । हामीले धेरै दिन बिहान बास लतार्दै बोकेर हटिया बजार सम्म ल्यायौ । आज आएर सम्झदा त्यो पनि त बिधालय भवन बनाउदा हामीले दिएको योगदान हो नि, हामी संग जे थियो त्यहि दियौ भन्ने जस्तो अनुभुति हुन आउछ ।

गल्कोटमा शिक्षा क्षेत्रको कुरा गर्दा आदरणीय मोहन चन्द राजन सरको नाम अग्र स्थानमा आउछ । अहिले आएर सम्झदा गल्कोट माध्यमिक बिधालयमा त्यो बेलाको मोहन चन्द राजन (हेडसर)को ब्यबस्थापन मलाइ युद्धका कुनै कमाण्डरको भुमिका जस्तै लाग्छ । किनकी उहाँको कुशल ब्यबस्थापन अनि लिडिंग पावर गल्कोटमा उदाहरणीय थियो र आज शैक्षिक क्षेत्रमा भएको प्रगति को बिज सोहि बेला देखि राजन सरको नेतृत्वमा रोपिएको हो भन्दा गलत नहोला ।

जब हामी १० कक्षामा अध्ययनरत थियौ सोहि बेलादेखि नयाँ बनेको भवनमा प्लसटु संचालन हुने तयारी भयो । गल्कोट मावि का बिधार्थी हामी एकाएक गल्कोट उच्च माविका बिधार्थी बन्यौ । यो हाम्रो लागी औधि खुसिको कुरा थियो । जब प्लस टु खुल्यो त्यहाँ भर्ना चाहि हामीलाइ पढाउने गुरुहरु अथवा हाम्रो धेरै अगाडीको अग्रज पुस्ता नै पहिलो ब्याचका बिधार्थिको रुपमा हुनुभयो । त्यो हेर्दा सामान्य भएपनि अन्ततः इच्छा चाहना हुदाहदै उच्च शिक्षा अध्ययन गर्न नसकेका अग्रज नै हाम्रो शिनियर बिधार्थिको रुपमा हुनुहुन्थ्यो, यस मानेमा यो पुरा गर्न मद्धत त्यहि गल्कोट उच्चमाबि बन्यो । समय बित्दै गयो, म स्वयम आफु पनि सोहि उच्च मावि को दोस्रो ब्याच हुने सौभाग्य पाए । परिवार बाट काठमाण्डौ पढ्ने कि कहा भन्ने हुदा हुदै होइन आफ्नै स्थानको उच्चमावि पढ्ने भन्ने भावनाका साथ सोहि उच्चमाविमा आफ्नो उच्च माध्यमिक शिक्षा पुरा गरियो ।

समय बित्दै गयो, बाग्लुंग को सेन्टर पोइन्टको हिसावले गल्कोट सबै दृष्ट्र्ीकाणबाट दोस्रो रोजाइमा पर्यो । तर गल्कोटको राजनैतिक तथा भौगोलिक अस्थीरता अथवा आपसी लडाइले कतिपय कुरा गल्कोट भन्दा पहिले बुर्तिबांग पुग्यो त्यो मानेमा हामी केहि पछि पर्यौ जस्तो अनुभुति लाग्दछ ।

गल्कोट बिकाश हुनु समग्र गल्कोटेको बिकाश हुनु भन्ने भाव का साथ शैक्षिक रुपमा गलकोटलाइ उच्चमाध्यमिक शिक्षा बाट ब्याचलर लेवलको क्याम्पस बनाउनु पर्छ भनेर जुन जमर्को भयो त्यसले साच्चीकै राम्रो परिणाम दियो । ठुलो आर्थिक जोहो गर्यो । अन्य ब्यबस्थापन गर्यो र गल्कोट बहुमुखि क्याम्पस खुल्यो । यहाँ पनि पहिलो दोस्रो ब्याच भनेको अघि भनेजस्तो अग्रज पुस्ता र गल्कोट बाहिर पढ्न जान परिस्थीतिले नसकेका अथवा गल्कोट मानै केहि गर्नुपर्छ भनेर सुरु गरेका हरु नै देखियो यसले सकरात्मक सन्देश दियो लामो समय आफ्नो पढाइलाइ स्थगित गर्न पुगेकाहरुलाइ पढाइ अगाडी बढाउन मद्धत गर्यो । अहिले आएर राम्रो बिधार्थि सहित ब्याचलर संचालन आएको खबरले थप खुसि तुल्याएको छ ।

यसरी एक पछि अर्को शिक्षामा खुड्कीलो पार गर्न त्यति सहज थिएन । यसको लागी प्लसटु संचालन गर्न आदरणीय राजन सर कहिले जापान, कहिले हंङ्कग भौतिक रुपमा धाएर अथवा बिभिन्न देशमा सम्पर्क स्थापित गरि लाखौ संकलन नगररेको भए त्यो भन्दा अगाडी बढ्ने सोच आउन अझै केहि बर्ष लाग्ने थियो नै । प्लस टु पछि ब्याचलर संचालन गर्न बिभिन्न स्रोत खोज्दै जाने क्रममा धान्यान्चल महायज्ञ एउटा बिकल्प सोची यसको संचालन गर्दा आर्थिक संकलन सहज हुन्छ भन्ने जुन परिकल्पना सहित अग्रज पुस्ताले जुन सोच गर्यो अन्ततः यसले उचित परिणाम समेत दियो । यसबाट राम्रो आर्थिक संकलन भयो तर यसको केहि तर्कहरु नआएका होइनन अहिले यता नगइकन सकरात्मक पाटा लाइ हेर्ने होभने त्यो बेलाको धान्यान्चल महायज्ञले राम्रो परिणाम दियो भन्ने नै हो र यसको परिणाम नै अहिलेको गल्कोट बहुमुखी क्याम्पस हो ।

अहिले गल्कोटमा नगर अस्पताल ब्यबस्थीत बनेको छ । नगरपालिका मा प्रशाशनीक कामको लागी प्रकृया अगाडी बढेको छ । सबै हिसावले गल्कोट आफैमा निर्भर हुदैछ । अब शिक्षा क्षेत्रमा मास्टर डिग्री गर्न चाहनेको लागी गल्कोट छोड्न नपर्ने स्थीति सृजना गराउन सक्नेहो भने गल्कोट धेरै हिसावले बिस्तारै सबल उम्मुख देखिन्छ । तसर्थ अहिले जुन पहल भएको छ यसलाइ तपाइ हामी सबैले मिलेर सफल पार्नु पर्छ । गल्कोटमा भएका सबै यसमा केन्द्रीत भएर लाग्नु पर्छ र गल्कोट बाहिर भएका तपाइ हामीले यसमा साथ दिनुपर्छ भन्ने लाग्दछ ।

अहिले गल्कोट बहुमुखि क्याम्पसमा मास्टर डिग्री पढाइ हुने बनाउन गल्कोटमा रहेको तप्का अहोरात्र लागी परेको छ । गल्कोटका घरघरमा प्रचार गर्दै छ । काठमाण्डौ लगाएत का स्थानहरुमा घरघर मा भेटघाट तिब्रता पाएको छ । बिदेशमा रहेका तपाइहामी जस्ता युवाहरुलाइ दैनिक अनुरोध हरु आइरहेको छ । यो मानेमा गल्कोटमा प्लसटु बन्दा देखि मास्टर डिग्री अध्ययन गर्नको लागी केहि सहयोग गर्न सक्ने हाम्रो सौभाग्य मिलेको छ । शिक्षामा हामीले प्रदेशमा रहेर केहि गरौ नेपालमा हुनेले पनि सोहि स्थानमा रहेर जुटौ लागौ । हामी जोडीन चाहन्छौ र अरुलाइ पनि जोड्न चाहन्छौ, जोडौ ।
उनुहोस यहि फाल्गुन ६ गते देखि १३ गते सम्म हुदै गरेको शैक्षिक उन्नतिको लागी शैक्षिक ज्ञान महायज्ञ २०८० लाइ आफ्नो स्थानबाट सहयोग गरौ । सबै मिलेर यो अभियान सफल पारौ यसको लागी बिभिन्न देशका गल्कोट समाज लाइ जोडौ । गल्कोटे संग सम्बन्धीत बिभिन्न देशमा रहेका सस्थाहरुलाइ जोडौ । गल्कोट बाट प्रतिनिधीत्व गर्ने एनआरएनए अभियान्ताहरुलाइ जोडौ । ब्यबसायीहरुलाइ जोडौ । बौद्धीक सम्पतीलाइ जोडौ सबै एक भएर यो महाअभियान सफल पारौ ।
तपाइहाम्रो चाहना, अबको गल्कोट, समृद्ध गल्कोट । सबैमिली सफल पारौ ।

जय गल्कोट । जय मातृभुमि ।

May be an image of 1 person and text

फेसबुक प्रतिक्रीया दिनुहोस