त्यो मान्छे, कस्तो मान्छे!

0Shares

त्यो मान्छे कस्तो मान्छे!
केहि नगर्दा गर भन्छ
केहि नबोल्दा बोल भन्छ
आफ्नो काम गरेर बस्यो
कहि निस्किदैन लोभी भन्छ !
कतै निस्कियो
आफ्नै कुरामा तालि मात्र ठोकिदियोस भन्छ !
नबोलि बस्यो काम छैन केहि गर्न सक्दैन भन्छ
केहि बोल्यो
ऊसको पक्षमा भए सहि भन्यो भनि सहि थाप्छ
बिपक्षमा भए निहु खोज्छ, कुरा काट्छ !
त्यो मान्छे कस्तो मान्छे !

नहिड्दा हिड केहि गर्नु पर्छ भन्छ
हिड्न सिकेपछि आफै मरेर खुट्टा तान्न लाग्छ !
आफ्नै कुरामा तालि बजाओस भन्छ
आफु भन्दा अगाडी कहिल्यै नबढोस भन्छ
आफुले भन्दा अगाडी कहिल्यै नआओस भन्छ !
त्यो मान्छे कस्तो मान्छे !

आफु केहि गर्दैन तर
अरुले आफुलाई नै ठुलो भनिदियोस भन्छ !
न आफु केहि गर्छ, न अरुले गरेको देख्न सक्छ !
आफु बाहेक आफ्नालाई अबुझ सम्झन्छ ।
त्यो मान्छे कस्तो मान्छे !

ऊसको ईशारामा हास्यो भने,
ऊसले भनेजस्तो बोल्यो भने
ऊसका हरेक कुरामा सहि थाप्यो भने
राम्रो छ भन्ने
आफै बोल्यो भने,
आफ्ना कुरा राख्यो भने
गलतलाई गलत भन्यो भने
तब तिम्रा पछि लाग्छ
अनी तिमी ऊसको नजरमा
रातारात खराब बन्छौ !
सनककोलभरमा रातभरमा
तिमीलाई पृय बाट खराब बनाईदिन्छ !
मान्छे त्यो कस्तो मान्छे !

न कुनै योजना, नकुनै तर्क
अर्काको लै लै मा हिड्छ
र अझै भन्छ म चाहि ठुलो मान्छे
आफ्नो सहि भन्ने बाहेक सबै गलत देख्ने
त्यो मान्छे कस्तो मान्छे !

ऊसैले भनेको मान्दीनु पर्ने
गलत लाई सहि भन्दिनु पर्ने
सबै भन्दा माथी ठान्दिनु पर्ने
उ जे जस्तो भएपनि
उसैलाइ राम्रो ठान्दीनु पर्ने,
त्यो मान्छे, कस्तो मान्छे
ईति !!

फेसबुक प्रतिक्रीया दिनुहोस