बागलुङ गलकोटमा कम्युनिष्ट आन्दोलन हिजो र आज-3 :दिर्घ प्र. पाण्डे

0Shares
अधिल्लो भाग बाट क्रमशः
हामी बाह्र जनालाई राजनीतिक मान्यता दिएर पञ्च सरकारले जेल त लग्यो उसले सोचे जस्तो चेतना हामीमा थिएन । मार्क्सवाद लेनिनवाद , ऐतिहाँसिक द्वन्द्वात्मक भौतिकवाद शब्द त थाहा थियो तर यो गायत्री मन्त्र जस्तै थियो । हामीले हजारौ पटक गायत्री मन्त्र जप गरिरहेका थियौ यसको अर्थ थाहा नभए जस्तै भन्न भन्दथियौ तर थाहा भने थिएन । हामीलाई यति थाहा थियो चीनको जस्तो कम्युनिष्ट सरकार भएपछि मानिस- मानिस सबै बराबर हुन्छन् , ठूलो सानोमा भेदभाव हुदैन , कोही पनि जातपातको पर्खालले छुत अछुतमा बाँडिदैनन् । सबैले शिक्षा दीक्षा पाउने अबसर पाउँछन् ,अौषधि मुलो नपाएर कोही मर्न पर्दैन, योग्यता अनुसार सबैले काम गर्नु पर्ने र आबस्यकता अनुसार दामको ब्यबस्था हुनेछ , कामै नगर्नेले अरूलाई कजाएर बस्दै अपचहुने गरि खाने र जसले काम गर्दछ उ भकै रहने हुदैन , भन्ने थियो ।यस्तो ब्यबस्था रूस चीन लगायत धेरै देशमा आइसक्दा हाम्रोमा किन हुदैन होला र भन्ने बिश्वस थियो । मार्क्सवादी सिध्दान्त जानेर होइन भावनामा हामी कम्युनिष्ट बनेका थियौ । राष्ट्रिय अन्तरास्ट्रिय कम्युनिष्ट इतिहास पनि थाहा थिएन ।
हिन्दु, क्रिश्चियान , इस्लाम लगायत (बौध्द धर्म बाहेक )सबै धर्ममा विश्व ब्रमाण्ड सृष्टि गर्ने अदृस्य ईश्वर रहेको बिश्वास छ । सबै धर्ममा बिश्वब्रमाण्ड ईश्वरले एकै पटकमा सृष्टि गरेको हो । उसैको खटनमा बिश्वब्रमाण्ड चल्दछ । ईश्वर अभिनाशी छ उसको सृष्टि नासबान छ । यो लोक भन्दा पर परलोक पनि छ । याहाँ पृथ्वीमा जे जति प्राणी रूख बिरुवा कीट पतङ्ग नवचर थलचर जलचर प्राणीहरू जति छन् ईश्वरका कृपाले भएका हुन् । ईश्वरको खटन अनुसार चल्लेहरू मृत्यु पछि स्वर्गलोकमा जान्छन् जसले ईश्वरको नियम मान्दैन उ नर्गलोकमा गएर घोर दुख पाउँदछ । ईश्वरले देखाएको बाटोमा हिड्नुको नाम धर्म हो । ईश्वरले धर्मका नियम पालना गराउन बेला बेलामा अवतार लिएर पृथ्वीमा आउँछन् । हिन्दु धर्मको रक्षाका लागि ईश्वरले मस्य ,कुर्म ,बराह, नरसिंह ,बामन, राम , कृष्ण अवतार लिइसकेका छन् । यी ईश्वरकै रूपका दुतहरू हुन् । क्रिश्चियनहरूका देवदुत ईसा वा यीशा हुन् भने इस्लामका महमत हुन् । पृथ्वीमा स्थाई ईश्वरको प्रतिनिधि भनेको राजा हो ।पन्द्र सोह्र बर्षको उमेर सम्म यही पढियो यही जानिएको थियो ।
लेखकः दिर्घ प्र. पाण्डे
कक्षा ९/१० मा पढ्दा यो परिबर्तन भयो ।दिन र रात कसरी हुन्छ ,पृथ्थीले सूर्यलाई परिक्रम गर्दछ , सूर्यको किरणले पानी बाफ बन्दछ , त्यही बाफ चिसो भएर पानी पर्दछ , सबै जनाबरमा भाले र पोथि हुन्छन् । तिनमा कामबासना हुन्छ त्यसैले गर्दा भाले र पोथीका बीच सम्भोग हुन्छ यसैबाट सबैमा बंस बृध्दि हुन्छ ।रूख बिरूवामा पनि भाले र पोथी भाग हुन्छ ।यसैबाट फल बीउ बन्दछ । कुनै सिमल कपास जस्ता बीउहरू हावाले एक ठाउँबाट अर्को ठाउँमा पुराउँछ , कुनै बीउ फलहरू रसदार बास्नादार हुन्छन् तिनलाई चराहरूले खान्छन् र चराहरू अनेत्र गएर बिस्टाउँछन् यसबाट रूख बिरूवाको एक ठाउँबाट अनेत्र फैलिन्छन् । फूलमा मौरी लगायतका किटपतङ्गहरूले रस चुस्न फूलका बोट बोट चाहर्दछन् उनीहरूको खुट्टामा लागेको पराग अर्कोमा पुग्दछ र फेरि बीउ बन्दछ यस्ताकुराहरू पढ्न हाल्यौ । यो पहिला पढेका कुराको ठिक उल्टो थियो । सूर्य स्थिर छ पृथ्वीले आफ्नो अक्षमा चौबिस घण्टामा एक परिक्रम गर्दछ र आफ्नो कक्षमा एक बर्षमा परिक्रम गर्दछ । यही कारण रात दिन र मौसमहरू परिबर्तन भै राख्दछन् । यी कुरा अनौठा थिए । न्यू-टनको गुरूत्वकर्षणको सिध्दान्त , दार्बिनको बिकासवादी सिध्दान्तहरू अनौठा थिए । धर्म र बिज्ञानमा एक ठिक र अर्को अबस्यै बेठिक हुनु पर्दछ हामीले बिज्ञानलाई ठिक र धर्मलाई बेठिक मानेका थियौ । पहिला कम्युनिष्टले धर्म मान्दैनन्, जात पात मान्दैनन्, राजा मान्दैनन् , ईश्वरका कृपाले धनी भएकाहरूको बिरोध गर्छन् भन्दा ठूलो डर लाग्दथियो अब हामी नै नमान्ने भयौ ।
हामीहरूलाई विश्व कम्युनिष्ट र राष्ट्रिय कम्युनिष्ट आन्दोलनको केही थाहा थिएन । कम्युनिष्ट भन्नेहरू सबै भाइ-भाइ भन्ने थियो । विश्व कम्युनिष्ट आन्दोलनको ईतिहास एक सय पचास बर्षको रहेछ । हाम्रो देशको कम्युनिष्ट आन्दोलनको इतिहाँसले पनि बीस बर्ष पार गरेको रहेछ । तेस्त्रो महाधिबेशन २०१९ पछि पार्टी फुटेर तीन चिरा भएको रहेछ । एक चिरा केशरजङ्ग रायमाझीको ग्रुप राजामा बिलिन भएको रहेछ । एक ग्रुप तुलशी लालको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्रको कार्यनीतिमा रूस समर्थक बनी पञ्चायतकै वरिपरि घुमिरहेको रहेछ । एक पक्ष पुष्पलालको नेतृत्वमा बिद्रोह गरि नयाँ जनबादी कार्यनीतिमा भख्खर पाइला चाल्दै रहेछ ।
गलकोटमा संगठित रूपमा कम्युनिष्ट पार्टीमा लाग्ने प्रथम ब्यक्ति वसन्त गौचन रहेछन् । उनले गलकोटमा पार्टी निर्माण गरेनन् । उनको कार्य छेत्र पहिला गोरखपुर पछि पुष्पलालको समुहमा रहि पोखरामा काम गरेका रहेछन् । हाल उनी काठमाण्डौ सितापाइलामा बस्छन् र ९५ नब्बे बर्षको उमेरमा पनि कम्युनिष्ट सिध्दान्त प्रति प्रतिबध्द नै छन् । गलकोटमा कम्युनिष्टका यिनी पहिला जग हुन् । कम्युनिष्ट पार्टीलाई संगठनका रूपमा गलकोटमा बिकास गर्ने चित्रबहादुर केसी हुन् । यिनले देबराज पन्त, कर्णबहादुर केसी मामा, देबेन्द्र सुवेदी ,मथुराप्रसाद श्रेष्ठ ,रामलाल भट्टचन, पिताम्वर , टेकबीर लगायतलाई सरिक बनाई कम्युनिष्ट पार्टी गलकोटमा सन्चालन गरेका थिए । यिनले तेस्त्रो महाधिबेशनको नेतृत्वको तुलशीलालको पार्टीलाई केन्द्र मानेका रहेछन् ।तुलशीलालको पार्टीले पञ्चायतका सबै चुाावमा भाग लिने निर्णय भएकाले चित्रबहादुरको पार्टीले पञ्चायतमा भाग लिदै आएको थियो । देबराज पन्त देबेन्द्र शुबेदीहरू यसै नीतिगत प्रधान पञ्च जिल्ला सदस्य भएका थिए । पछि बागलुङ जिल्लाभर एउटै जिल्ला समिति बनाउने नाममा बागलुङको दक्षिण भेगमा भएको पुष्पलालको पार्टीसंग एकता गरि केन्द्रबिहिन जिल्ला समिति चलाएका रहेछन् । माधव ज्ञवाली पुष्पलालको पार्टीका सस्थागत सदस्य रहेछन् । झलनाथ पूर्बी कोसी ब्युरो तेस्त्रो महाधिबेशनको पार्टी छाडि स्वतन्त्र कोसी ब्युरोका नाममा सञ्चालन भएको समुहमा रहेछन् अरू हामीहरू पहिला भनिसकिएको छ भईफुट्टा कम्युनिष्ट भएका थियौ । कम्युनिष्ट सिध्दान्त मार्क्सबाद लेनिनवाद द्वन्द्वात्मक ऐतिहाँसिक भौतिकवाद सम्बन्धमा यात चित्रबहादुर देबराजहरूलाई पनि थाहा नभएर हो वा अति गोप्य हुन खोजेर हो त्यतिबेलासम्म उवाँहरूबाट हामीले केही सुनेनौ । जेलमा पनि तीन समूह पो रहेछन् । सबभन्दा कम्युनिष्ट सिध्दान्त जान्ने माधव थिए उनी हाम्रा गुरु पनि थिए उनीसंग बसउठ गरेको मथुरा, झलनाथले राम्रो मान्दैनथे । हामी उनीसंग जम्मा दुई महिना सम्म बस्न पायौ । दुई महिना पछि माधव ज्ञावाली, मथुराप्रसाद श्रेष्ठ, पद्मप्रसाद पाण्डे , देबराज पन्त , दुर्गाराज पन्तहरूलाई जेलसरूवा गरि पाल्पा लग्यो । तसमत गौचन बलबहादुर शेरचन कम्युनिष्ट बिरोधि नै थिए परिबन्धले जेलमा थिए । झलनाथ जमिन्दार भैहाले उनको रबाफ नै अर्कै ,पदमबहादुर इण्डियाका लाहुरे पेन्सन पकाएर आएका लहलहैमा कम्युनिष्ट बनेको थिए । अम्बर ढकाल र म उस्ता उस्तै त्यस पछिको जेल बसाई खान पान मोजमज्जा र खेलकुदमा बित्न थाल्यो ।मैले जेलभित्र आई ए का कोर्षबुकहरू मगाएर पढ्न सुरू गरे ।
क्रमशः………

फेसबुक प्रतिक्रीया दिनुहोस