अधिल्लो भाग बाट क्रमशः
करिब पचास जनालाई गिरफ्तार गरेर सरकारले आतङ्क सिर्जना ग-यो । बाह्रजनाको जेलको बास भयो । कम्युनिष्टहरूको पहलमा अघि बढेको शैक्षिक आन्दोलन पनि खुम्चियो । गलकोट हाई स्कुल हटीयामै सारियो र कम्युनिष्ट बिरोधि प्रधानाध्यपकको ब्यबस्था गरियो । गलकोटकै सबभन्दा पुरानो अरनिको मिडिल स्कुल हरिचौरमा जाहाँ चित्रबहादुर केसी प्रअ थिए र माध्यमिक बिध्यालय बनाउन लागि परिरहेका थिए त्यस बिध्यालयको स्तर घटाएर प्राथमिकमा झारियो । यति काम पन्च र पन्चकाङ्ग्रेसहरूले हामीलाई गिरफ्तार गराइ सोझपुछको नाममा पुलिस काहाँ झदै पूरा गरे ।
२८ दिनको केरकार धम्कि कुटपिट मार्ने धम्कि पचासौ प्रकारका यातना दिएर हामी म दीर्घप्रसाद पाण्डे, दुर्गराज पन्त , पद्मप्रसाद पाण्डे , पदमबहादुर थापा र अमरप्रसाद ढकाललाई बेलुका आठ बजे जेलमा पुरायो । बाहिरी शत्रु भन्दा भित्रि शत्रु हजार गुणा खराब हुन्छ भन्दथे साँच्चै रहेछ । मोर्न परे बरू मर्ने तर साबिति बयान नदिने सहमति भएको थियो । साबित बनाउन पुलिसले रात रात भर गर्नु नगर्नु गरेको थियो । हामी मध्ये सबभन्दा सानो उमेरका दुर्गराज पन्त थिए ।उनको उमेर सोह्रबर्षको मात्र थियो । उनका हातका सबै अौलाहरू थिच्दा थिच्दै फोडि दिएको थियो । अरूको हालत पनि कम थिएन तर एक जना साथीले पिटाइ खाएका थिएनन् । उनले जाने जति सबै कुरा भनिदिदा रहेछन् त्यसैका भरमा हामीले सास्ति पाउँदा रहेछौ । हाम्रो हातले भात खान नसक्दा उनैले खुवाइ दिने गरेका थिए । हामी पाँच जना मध्ये अहिले म मात्र बाँकी छु अरू सबैको मृत्यु भैसकेको छ । सबै जीबीत छदा यो कुरा हामीले बाहिर ल्याएनौ अब मृत्यु पछि उनको नाम प्रकासमा ल्याउन चाहिन । तत्कालिन समयमा हामी जेलबाट बाहिर आए पछि उनले गरेका क्रियाकलापबाट को थियो यो कुरा त्यस समयका मानिसहरूलाई थाहा नै छ ।
हामीहरूलाई रातको आठ बजे जेल भित्र हुल्यो । जेलघर भन्नू मात्र थियो एक छाने टहरो थियो । करिब असी जना जति कैदी बन्दीहरू रहेछन् । गाई भैंसीदाई जस्तै लहरै तीन बित्ताका दरले स्थान दिएको रहेछ । त्यही तीन बित्ता भित्र आफ्ना सामान राख्ने , बेड बिस्तरा लगाउने , भात खाने चुलो बनाउने ,भात पकाउने दाउरा राख्न पर्दो रहेछ । मानिस प च्छे चुलो भएकाले एकै पटकमा असी चुला जल्दा रहेछन् । शौचालय रहेनछ । पिसाब फेर्नलाई त्यही टहराको एक कुनामा एक प्वाल रहेछ । हामीहरूलाई २८ दिन सम्म सरकारले खान दिएको थिएन । एकप्रसाद शर्मा गौडाकोटेको होटल थियो । हामीहरूले उनैको होटलमा उधारोमा भात खाने गरेका थियौ । त्यस दिन पनि उतै खाएर आएका थियौ । खाने लठारो त्यो रातका लागि थिएन । ढोका तर्फ पुलिस बिस्ने ठाँउको नजिक एउटा पन्द्रफिट लम्वाइ आठफिट चौडाइ भएको अघिल्तिर पनि करिब तीन फिट पर्खाल लगाएको बस्तुलाई घाँस भुष्षा राख्ने जस्तो कोठा थियो हामीलाई त्यसैमा हुल्यो ।
जेलमा त्यति धेरै मानिसहरू छन् हामीहरूसंग कोहि बोल्दैन । बोलाउन खोज्दा मुन्टो उल्टो पो बटार्दछन् । हामअीहरू त जिल्लराम भयौ । राति दशबजे तिर गुमानसिंह भन्ने हवल्दार आयो । पहिला उ गलकोट चौकिको इन्चार्ज थियो । यो मान्छे यति दुष्ट थियो कि गलकोटमा यसले आतङ्कनै फैलाएको थियो । बिना कारण पनि मानिसहरूलाई पिट्दथ्यो । एक पटक हाम्रो गाउँमा एक साहानी महिलाले छुड्डिएर आत्म हत्या गरेकी थिइन् । लासको सनाखत गर्न बागलुङ बजारबाट डोर आउनु पर्दथ्यो । जाहेरी दिन एक दिनको बाटो थियो , आउन एक दिन लाग्नेनै भयो । सरकारी काम फाइल बनाउने डोर खटाउने , बन्दोबस्तिका सामान जुटाउन तीन दिन लगायो । झुन्डिएको छ दिन भै सकेको थियो । चैत्रको महिना लास कुहेर गाउँनै दुर्गन्धित भएको थियो । प्रत्येक घरबाट एक एक जना लास कुर्न जान पर्दथ्यो । पुलिसहरूलाई गाउँलेले खान पानको ब्यबस्था गरिदिनु पर्दथ्यो ।कतै यस्ता घटना भएमा पुलिसलाई दशै आउँथ्यो । खाकिको पकडा लगाएको र हातमा डण्ड लिएको पुलिस देखे मानिसहरू लगौटीमा पिसाब झार्थे । राति करिब दशबजे यो गुमानसिंह रक्सि खाएर घटनास्थलमा आएको थियो याहाँ गाउँका करिक सयौ मानिसहरूले पहरा दिइरहेका थिए । बिना कारण उसले सबैलाई छडि लगायो । छडि छेक्न खोज्ने र बोल्न खोज्नेलेेे अझ बढी छडि खाए । यसरी यो दुष्टको आतङ्कमा कोही बोल्न सक्ने अवस्था थिएन ।
गौमुखी हाई स्कुलका शिक्षक बिध्यार्थीले बनभोज खाएका थियौ । बनभोजमा रक्सि पनि खाएको हल्ला बाहिर फैलियो । शिक्षक बिध्यार्थीले रक्सि खाएकोमा कसैको कुनै आपत्ति थिएन तर आपत्ति थियो रक्सि काहाँबाट आयो भन्नेमा । गलकोटमा अरू बिकासका काम केही नभए पनि त्यस समयमा कुरेस भन्ने मदेशी ठेकेदारले हटीया र काँडेबासमा रक्सि कम्पनिहरू चलाएको थियो ।रक्सि जसले जति पनि खान पाउँथ्यो तर रक्सि कम्पनीको मात्र । बनभोजमा स्थानीय कोदाको लोकल रक्सि खाए भन्ने अभियोग थियो । ठेगेदारले उजुर गरे पछि गुमानेलाई दशै आई हाल्यो । रक्सि कम्पनीमा छदैथियो पैसा तिर्न परेन खायो सबैलाई जेल पठाउँछु भन्दै जसलाई भेट्यो उसैलाई पिटेर बहादुरी देखाउँथ्यो । गुमाने रक्सि खान हटीया गए पछि हामी आठ दश जना बिध्यार्थीले गुमाने फर्केर हरिचौर जाँदा बाटामा बसेर पिट्ने सल्लाहा ग-यौ । साहेद असारको महिना हुन पर्दछ गौदी खोला बडेको थियो । गौदी खोलामा पुल थिएन वारपार गर्ने काठको फड्के थियो । हाम्रो उद्देस्य उसलाई मार्नु थिएन खालि पिटेर चेताबनि दिनु थियो । हामी सबै युवा थियौ । खोलामा फालिदिदा मोर्न पनि सक्छ भन्ने सोच्नै सकेनछौ । रक्सिले मातेर आएको गुमानेलाई एम्बुसमा बसेका हामीले चार हात खुट्टा समाएर खोलाको बीचमा फालि दियौ । धन्न ढुङ्गामा परेनछ र बाँचो तर सख्त घाइते भने भएछ । उसले मलाई यसो गरे भनेर भन्न सकेन , आफै लडेर घाइते भएको भन्दै अौषिधि गर्न बागलुङ बजार गयो त्यस पछि फर्केर गलकोट आएन । यो घटनाले पुलिसहरू डराय त्यस पछि कुनै पुलिसले पनि गुमानेले जस्तो हर्कत गर्न सकेनन् । पछि जात्रामा हटीयाको र काँडेबास दुबै स्थानका रक्सि कम्पनीहरू धुलो पिठो पारियो । यो केसमा धनबहादुर थापा सर र दलबहादुर केसीले मुद्दा पनि बोके । यसरी गुमाने र रक्सि कम्पनीलाई एकै पटकमा गलकोटबाट बिदा गरियो ।
मलाई मार्न खोज्नेहरू तिमीहरू नै हौ भन्दै त्यहीगुमाने पो आयो ।। बल्ल फेला पर्ने भयौ भन्दै थर्कायो । तर उ अशक्त भै सकेको रहेछ पछि त रून पो थाल्यो । त्यस बेला उसमाथि दाया पनि लाग्यो । नुवाई धुवाई नगरेको धेरै दिन भएको थियो । भूईमा परालको सुक्कुल थियो त्यसैमा सुतियो । पुलिसले नबोल्ने आदेश दिएको थियो राति उडुसले टोकेर बेहाल पारो । बिहान सात बजे दिसापिसाब गराउन बीच बीचमा सङ्गीन सहितका राइफल बोकेका प्रहरीले छेको हाल्दै हामीहरूलाई तल डिलमा खुला छोड्दो रहेछ । तल काहिली लाग्दो भिर त्यता जानसक्ने कुरा भएन माथिबाट सिपाहीको पहरा कोही भाग्ने सम्भाबनानै रहेनछ ।खुला ठाउँमा गाई भैंसी जस्तै दिसापिसाब गरेको अनुभव पनि गरियो । दिशापिसाब गर्न जाँदा बिच बीचमा सिपाहीहरूको खवरदार खवरदार भन्ने आवाज र कैदी बन्दीहरूको नेलको छल्याङ् छर्याङले श्वर र ताल मिलाए जस्तो लाग्दथ्यो । दिसापिसाब धुने सम्भाबना थिएन झार ढुङ्गाले पुच्छनेहो सधै त्यति धेरैजनालाई पुग्ने झार ढुङ्गा पनि अभाब हुन्थ्यो ।
पानी दिनको दुई घण्टा जति आउने रहेछ । सबैले पानी थाप्ने धारो एउटै थियो । पानी थाप्ने माटाका घैला पनि सबैका उत्रा उत्रै बराबरका हुदा रहेछन् । जेलको नाइकेले ए अराष्ट्रिय कुकुरहरू हो पानी थाप्ने घैटो किन्न पर्दैन तिमीहरूको यो ससुरालि हो के खाने हौ चोरहरू काहाँका भनेर पो थर्कायो । काहाँ सबैले सर सर भनेर नमस्ते गर्ने हामीहरूलाई एउटा कैदीले यसरी पनि धर्काउने रहेछ भन्ने ज्ञान भयो । उसैको निगाहमा एउटा घैटो किनियो । अझसम्म कुनै कैदी बन्दी हामीसंग बोलेका छैनन् । नबोल्नेसंग छोइन पनि खाँचो भएन । म लुरूक्क परेर लाईनमा बसे ।मेरो अघि एक महिला थिइन् पछि थाहा भयो उनी दलित रहिछीन् उनले श्रीमानको गुप्ताङ्ग अठ्ठाएर मारेको अभियोगमा बीस बर्से जेल सजाय पाएकी रहिछन् र उनी म्याग्दी ओखरबोटकी रहिछन् । उनको तीन चार बर्षको छोरा पनि साथ थियो । उनको घैटो भरिए पछि मैले मेरो घैटो अघि बढाए । मेरो घैटाले उनको घैटो छोइयो । घैटो छोइयो भनेर तथानाम गालि गर्न लागिन् ।म परे जिल्लराम ।ए दिदी म बाहुन हु किन छोइयो भन्छ्यौ भनेर प्रतिपाद गरे । तँ बाहुन सार्की दमाई जे सुकै होस् तँ कम्युनिष्ट होस् , कम्युनिष्टले छोएको बिटुलो हुन्छ भनेर भनेका छन् भन्दै थिइन् नाइके आमा चकार गर्दै आयो ठाउँ अनुसार चल्न पर्ने रहेछ अज्ञानता भन्दा ठूलो अन्धबिश्वास केही हुदो रहेनछ । मैले आफुलाई काबुमा ल्याए । गल्ति भै हाल्यो घैटाको पैसा तिर्दछु नत्र यो घैटो नयाँ छ यही लैजाउ भने । नयाँ भए पनि तँ कम्युनिष्टले झोएको घैटो बिटुलो भयो उनले मानिनन् । एक रूपैयाबो घैटाको दुई रूपैयामा नाइकेले गालि गर्दै कुरा मिलाइ दियो
बिहान एघार बजे हामीहरूलाई कैदी बन्दीको पुर्जी हात हातमा थमाइयो । पुर्जीमा लेखिएको थियो मृत्यु डण्ड वा जन्मकैद हुने राजकाज अपराध सम्बन्धि मुद्दामा तपाँईलाई क मेलको सिदा खान पाउने गरि पुर्पक्षका लागि थुनावमा राखिएको छ । क मेलको सिदा कस्तो हो थाहा थिएन । यो त हामीमाथि शासन गर्न बसेको जेलको हवल्दारको भन्दा डवल कैदी बन्दीको भन्दा कति गुणा धेरै हुदो रहेछ । हामीले बाहिर गर्ने नोकरीको भन्दा पनि धेरै हुने रहेछ । यो थाहा पाए पछि पुलिस र नाइके त करकलो कुहेर लत्रे जस्तै भए । एका तर्फ पिटेर कुटेर यातना दिएर मरणासन्न पारेको छ । पुर्जीमा जन्मकैद मृत्युडण्डको कुरा लेखेको छ सुबिधा बी.पी. कोइरालालाई जस्तो दिएको छ हामी नै रनभुल्लमा प-यौ ।
त्यसको तीन दिन पछि देबराज पन्त र झलनाथ खनाल शान्ति सुरक्षाको पुर्जी लिएर आए । त्यसको आठ दस दिन पछि मथुराप्रसाद श्रेष्ठ , तसमत गौचन, बलबहादुर शेरचन संघसस्था खोलेको कसुरअनुसारको पुर्जी लिएर आए । पन्द्र दिन पछि माधव ज्ञवाली पनि संघसस्था खोलेको अभियोगको पूर्जी बुझेर आए । कमरेड शब्द लेखेको अभियोग लागेका यामप्रसाद पुन काठमाण्डौमा गिरफ्तार भै पैदल अड्डा सार हुँदै एक महिनामा शान्तिसुरक्षाको पुर्जी लिएर आए ।यसरी जेलमा एकै भान्सामा खाने बाह्र जनाको परिबार बन्यो । झलनाथ अनाल इलामका जमिन्दारका छोरा रहेछन् ।उनका छिमेकी साहायक अञ्चालाधिस यही रहेछन् । झलनाथलाई भेट्न उनी जेल भित्र आए त्यस पछि जेलका जेलर पुलिस दाइ नाइके भाइ नाइकेले हामी माथि गर्ने उत्पिडन सबै खतम भए ।
अरू क्रमस …..
फेसबुक प्रतिक्रीया दिनुहोस