0Shares
ज्ञामनाथ खोइ ?
एकै स्कुलमा पढ्ने ज्ञामनाथलाई धेरै दिन नदेखेपछि सोधिएको साधारण प्रश्न थियो यो ।
त्यही बेला थाहा भयो—ज्ञामनाथलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। अब उनी पढ्न आउँछन् कि आउँदैनन्, कसैलाई थाहा थिएन। धेरै नै यातना दिएको रहेछ भन्ने कुरा बाग्लुङ्ग संगै गएको अर्को साथीले बताए।
विद्यार्थी बन्ने चाहना हुँदाहुँदै पनि परिस्थितिले उनलाई त्यो बाटोमा अघि बढ्न दिएन। त्यसपछि सुरु भयो—ज्ञामनाथको पूर्णकालीन राजनीतिक जीवन।
२०५२/५३ सालदेखि पूर्णकालीन कार्यकर्ता स्वरूप निरन्तर पार्टी र जनताको पक्षमा खटिएको त्यो कलिलो युवा आजसम्म कहिल्यै थाकेन, कहिल्यै हार मानेन, कहिल्यै बिचलित बनेन- मात्र निरन्तर लागिरह्यो।
आज पार्टीले उनलाई योग्य र आवश्यक ठानी चुनावी मैदानमा पठाएको छ।
डियर कमरेड जसरी अहिलेसम्म अविराम पार्टी र जनताको पक्षमा लागिरहनुभयो, त्यसरी नै अब पनि अझ मजबुत रूपमा निरन्तर लागिरहनु हुनेछ भन्ने विश्वास लिएको छु ।
चुनावी मैदानबाट विजय हासिल गरी जनताको सेवामा अझ दृढताका साथ लागिरहनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ तपाइ तथा पार्टीलाइ बिजय गराउनको लागी अग्रमोर्चामा शतिशाल जस्तै उभिने प्रतिबद्धता समेत ब्यक्त गर्दछु ।
अग्रिम बधाई तथा हार्दिक शुभकामना प्रिय साथी (दाई) कमरेड

फेसबुक प्रतिक्रीया दिनुहोस

Posted in NEW