बिगत २ बर्ष भन्दा बढि रोकिएको बिदेशी बिधार्थि तथा कामदारलाइ जापान प्रबेश खुलाए संगै बिभिन्न देश बाट धैरै मात्रामा बिधार्थी तथा नयाँ कामदारहरु जापान प्रबेश गरेका छन । हो जापान सपनाको देश हो, जापान प्रबेश संगै हरेक ब्यक्तीका लाखौ सपना पनि संगै प्रबेश गरेका हुन्छन । तर बिदेश सोचे जस्तो सहज हुदैन । नेपालमा फरक परिबेशमा हुर्किएका धेरै भाइ बहिनीहरु प्लस टु पास गर्ना साथ जापान प्रबेश गरेको धेरै पाइयो । अभिवाबक संगै रहेर माध्यमिक शिक्षा सम्म पढेका प्राय भाइबहिनीहरुले नेपालमा कुनै अभाव दुख खेप्न नपरेको लाइ स्वभाविक लिइन्छ जब एक्कासी जापान प्रबेश हुन्छ तब यहाँ हरेक पिडा र दुख संगसंगै सुरु हुन्छ । काम पाइने बेला कामसंगै कलेज जादाका अलग पिडा रहेको बिधार्थी भाइबहिनीहरु को अनुभव ले बताउछ भने पछिल्लो समय मा त अत्याधिक जापान प्रबेश ले काम पाउनै गाह्रो छ । ल्याएको कलेज ले लगाइदिन पर्ने काम पनि २ महिना सम्म नलाएको, नेपाल बाट ल्याएको पैसा सकिएको । २ बर्ष जापान को भिषा लागेर पहिल्यै पैसा बुझाएका हरु १८,२० लाख पहिल्यै पुगि सकेको । नेपाल बाट पैसा ल्याउने अबस्था प्राय धेरैको नरहेको । यहाँ काममा लगाउनको लागी सहज प्रकृया अफ्ट्यारो बन्दै गएको लगाएतका बिभिन्न समस्या हरु संग जुध्न पर्ने बाध्यता नयाँ बिधार्थि भाइबहिनीहरुमा छ ।
त्यो संगै नेपालबाट जापान प्रबेश पूर्व बेशिक यहाँको रहन सहन लगाएतका आधारभुत कुराहरु सम्बन्धीत निकाय हरुले नसिकाएका उदाहरण हरु छरपष्ठ छन । जापान आउदा भाषा मात्र जानेर हुदैन आधारभुत यहाँको बिषयमा ब्यबहारिक ज्ञान हुनु जरुरि छ ।
जापानमा अहिले जहाँ जहाँ नेपाली बिधार्थी आएका छन त्यहाँ सबै तिर समस्या देखिएको छ । काम नपाइने प्रमुख समस्या त छदै छ, केहि लाइ काम पाइएर लगाइ दियो भने पनि काम २,४ दिन गरेर खबर नै नगरि छोडीदिने । खबर नै नगरि छुट्टी बसिदिने, काममा ढिला पुग्ने लगाएतका कुराहरु थप समस्याको रुपमा देखिएका छन ।
सबै भन्दा पहिले मानसिक रुपमा बिदेश हो सोचे जस्तो सहज हुदैन फरक सस्कार फरक देश फरक रहनसहन मा प्रबेश गरेका जो कोहिलाइ पनि सुरुका दिनमा सहज हुदैन त्यहि माथि अहिले बिषेश अबस्था छ । एउटा कुरा के प्रष्ठ नयाँ भाइबहिनीहरुले बुझ्न आबस्यकता छ भने जब तपाइ घर छोड्नु हुन्छ तब देखि अभिवाबक पनि आफै हो सबै आफै हो भन्ने कुरा बिर्सन हुदैन । किनकि बिदेशमा सबै संर्घष आफै गर्नु पर्छ अर्काले गर्ने सहयोग क्षणीक हो । यसको मतलब मानसिक रुपमा सबै पक्षबाट बलियो हुनै पर्छ भन्ने हो ।
तसर्थ आउनुहोस नयाँ बिधार्थि भाइ बहिनीहरुलाइ जति सकिन्छ सबैले सहयोग गरौ । काम खोज्न सक्ने स्थानमा पहल गरौ सबैले । केहि समय मेहनत र संघर्ष दुबै गर्ने हो भने त्यो हामीले देखेर आएको सपना पुरा गर्न सहज सक्छौ, धेरै टाढा छैन मात्र खाचो छ धैर्यको ।
धन्यवाद ।
फेसबुक प्रतिक्रीया दिनुहोस