0Shares
बास्तबमा बिदेशमा बस्दा धेरै ले सोच्ने बिषय भनेको, यति मेहनत नेपालमा गर्ने हो भने त नेपालमा पनि केहि गर्न सकिन्छ, नेपालमा पनि महिनाको आम्दानीले परिवार सहज पाल्न सकिन्छ, यो धेरैको दिमागमा खेल्ने बिषय हो । तर नेपालमा गएर एउटा कुनै काम गर्नुपर्दा र त्यहाँ पुरै कर्मचारीले घुमाइदिदा धैत नेपालमा त केहि गर्न नपरोस भन्दै फेरी बिदेश फर्कने धेरै छन ।
हो बास्तवीकता यहि हो, केहिलाइ मेल नखाला धेरैलाइ यो अनुभुती भएको पक्कै हुनुपर्छ । नेपाल छोडेर बिदेशीनु पहिलो गल्ती थियो यसमा दुइमत छैन । तर नेपालमा सहज छैन केहि गर्न तर तपाइ निरन्तर लाग्नुभयो भने त्यति गाह्रो पनि होइन । म आफु ब्यक्तिगत रुपमा बिदेश छु मैले यहाँकैअनुसार कुरा गर्नु स्वभाविक हो नत्र मुला त आफु बिदेश जाने जापानमा टन्न पैसा कमाछस आदर्शका गफ चुट्छस भनेर मेरा कुरा नओकल्दै रेडीमेट जवाफ साथिभाइको आउछ स्वभाविक हो । यसलाइ अन्यथा पनि लिदीन ।
नेपालमा गाह्रो होइन हामी नेपालमा नै काम गर्न मानसिक रुपमा तैयार नभएको चाहि पक्कै हो ।
उदाहरणको लागी हामीले अरब मा २०,२५ हजारको लागी कठोर काम गर्न तयार छौ । तर नेपालमा त्यहि २० हजारमा भाडामाझ्ने काम पाइदा हैट यस्तो पनि कसले गर्छ हामी तुरुन्त नकार्ने गर्दछौ । त्यो तितो यतार्थहो । यस्तो अलि राम्रो मुलुकमा जापान अष्ट््रेलीया अमेरीका जानेहरु पिआरको पर्खाइमा गरेको दुख त्यो बास्तविक सम्झन लायक हुन्छन तर पिआर पाउनको लागी जति पनि एडजष्ट गर्ने हामीहरु नेपालमा त्यति मेहनत जुन कुनै क्षेत्रमा लगाउन सकिएको भन्ने हेक्का हामी कसैमा हुदैन । हामीले एकै पटक सिधै ठुलो प्रतिफलको आश गरेका छौ । हामी घरमा भात प्रेशर कुकरमा डढे पनि सरकारलाइ गाली गर्ने संस्कार बसिसकेको छ । हामी आफलुलाइ तब चिन्छौ जब बिदेशिन्छौ । तसर्थ सम्भब धेरै छ हामीमा धैर्य छैन । सभ्वावना धेरै छन हामी ज्ञान लिने सिक्ने कुरा शुन्य छ ।
बास्तवीक रुपमा लाग्छ नेपालमा नै बसेर ब्यबसायीक रुपमा होस या अन्य प्रगति गर्ने हरु महान छन कमसेकम उनिहरुले आफुले आफुलाइ समयमा चिन्न त सके । हामी बिदेश आएको बर्षौ पछि बल्ल आफुलाइ चिन्ने कोषिश गर्दैछौ । असम्भब केहि होइन मात्र सकरात्मक सोचको खाचो छ । सम्भावना नभएका होइनन मात्र धैर्यताको अभाव छ ।
सोचौ पराल भन्दैमा आगो आफै लाग्दैन आखिर त्यसलाइ सल्काउन एउटा सलाइको काटी त आबस्यक पर्छ पर्छ अथवा आगोको झिल्को नै किन नहोस । हामी एकैपटक कायापलट गर्ने भन्ने होइन सम्भव पनि छैन तर बिदेशिय पनि नेपालको लागी नेपालको बारेमा र नेपालमा केहि न केहि गर्ने अथवा गर्छु भन्ने सोचौ । सुरुवात सानो किन नहोस आफैबाट गरौ । बिदेश आएर यतै बसे पनि सस्कार नभुलौ । केटाकेटिलाइ बिदेशि भाषा सिक्नैपर्ने बाध्यता भएपनि नेपाली भाषा बोल्न सिकाउ, नेपाल सस्कृतिलाइ बिदेशमा भएपनि घरमा पालना गर्न सिकाउ ।
केहि न केहि त गरौ । खुसि हौ सुखि हौ तर नेपाली भएर ।
शुभ रहोश !

फेसबुक प्रतिक्रीया दिनुहोस

1 COMMENT

  1. Gbpslot1, sounds like a place to chase those wins! The graphics are really cool with some of the newer games, especially. I like the vibe, decent payouts. My experience was positive, might be yours too! gboslot1

Leave a Reply

Your email address will not be published. Required fields are marked *