उमेश बिधालय बाट घर र घर बाट बिधालय गर्दा दिनको ४ घंण्टा गएको अहिले सम्झन्छ, हिजो जस्तो लाग्छ उसलाइ, बाबुको दैनिक मेलापात, दमको रोगी आमा र उसको स्कुल सम्झदा पनि रोचक मान्छ, अहिलेको ब्यस्थ दैनिकी परिवर्तित स्थीति हेर्दा उसलाइ आफुले निकै मेहनत गरेको अनुभुति ठान्छ ।
उमेश पुरै परिवर्त भएको छ । हिजो भैसिको गोबर फालेर हल्का धारामा हात पखाली त्यहि हातमा मकैर भट्ट खादै हिडेको उ अहिले ५र७ बर्षमा एक पटक नेपाल जादा आमालाइ ट्वाइलेटमा ट्वाइलेट पेपर नराखेको भनेर गालि गर्छ । नेपाल आउन पर्यो भने आफ्ना केटाकेटीले यस्तो ट्वाइलेटमा त दिशानै नगर्ने भनेर घर सुनाउन समेत पछि पर्दैन । बिचरा आमा दंग परेर सुन्छिन मनमनै सोच्छिन मैले खाना खादै गर्दा मेरो धोतिमै दिशा गर्थीस, मैले खाना छोडेर पहिले तेरो दिशा पुछ्थे थाग्ना ले यस्तो त कति कति । अहिले आमाको लवाइखवाइ बोलाइ छोरालाइ मन पर्न छोड्यो । तर पनि छोरा खुसी भएको मा आमा हर्सित छन छोरा रिसाउला भनेर केहि भन्दिनन ।
उ अहिले जापान गएको छ । बाले रातोदिन काम गरेर खुसि बनाएको, रातोदिन घरको काम सघाएर मन पग्लाएकोले पारि श्यामेले छोरालाइ जापान लगिदिएको रे, बाबुले भन्छन के गर्नु उ बेला कम्ता दुख गरे यहि केटालाइ निकाल्नको लागी बल्ल बल्ल लगे हिजो जस्तो लाग्छ अहिले यतिका बर्ष बितेछ ।
यति दुख गरेर हुर्काएको एउटा मात्र छोरो आफु कमाउने भएपछि आउला बिहे धुमधाम संग गरौला भनेर नसोचेका होइनन, तर छोरो त उसलाइ मायाँ गर्ने केटि संग संगै बस्न थालेको ६ महिना पछि बल्ल थापाका रे । त्यो दिन सम्झदै उमेशका बा भन्छन, छोरा बिहेको कुरा गर्दा अरुकुरा गर्नु भन्दै गालि गर्थीयो तर गाउकै अर्को छिमेकी संग थाहा पाएका केटि संगै बस्ने कुरा । यतिकैमा उनको धुमधाम संग बिहे गर्ने सपना पनि तुहियो ।
बिहे गर्ने भनेर छोरो नेपाल आयो त्यसबेला त बुहारीको पेटमा बच्चा बछेपछि छोरालाइ बिहे गर्न हतार भएको कुरा त केहि महिना पछि थाहा भइहाल्यो । सामान्य मन्दिरमा टिकाटालो गरेर दुबै फर्कीए ।
उमेशका अहिले छोरा छोरी जापानमा नै छन । बिदेशमा बच्चा हुर्काउनु बढाउनु राम््रो हो । अझ यहि दिर्धकालीन पढाउने हो भने उत्तम नै । तर हामिले हाम्रो बास्तवीकता भुल्नु हुदैन । संस्कार भुल्नु हुदैन र बच्चाहरुलाइ पनि सिकाउनु पर्छ ।
जापान आएको १५र१६ बर्ष पछि उमेशले बा आमालाइ जापान ल्याउने सोच बनायो । बाबु आमा यति खुसि भए सिमानै भएन ।
साउको भन्दा ब्याजको मायाँ भनेजस्तो छोरा बुहारी संग भेटको कुरा त छदै थियो नातिनातिना संगको पहिलो भेट बुढाबुढीलाइ औधि खुसि बनायो ।
कहिले १० दिन बित्ला जस्तो भयो । १० दिन सम्म नाति नातिना लाइ यो मन पर्छ उ मन पर्छ भन्दै किनमेलमा ब्यस्थ भए बा ।
जाने दिन आयो, जब एअरपोर्टमा छोरा मात्र गएको देखे बा ले सोधे खोइ त नाती नातिनी ल्याउनु पर्दैन । छोराले घरमै छन नि भन्दै लागे ।
घर पुगे हजुर आमा र बा ले केटाकेटिलाइ अनेक गरे यसो भन्छन उसो भन्छन केहि जवाफ आउदैन । बिचरा बुढा बुढीलाइ के था उनिहरु नेपालीको न पनि जान्दैनन भन्ने । नातिलाइ काख लिन खोज्छिन आमा छोराले जापानी भाषामा गन्यायो भन्छ । यादा यादा भन्छ । के भनेको मेरो नातिले भन्दा बिचरा उमेशले गलत उल्था लगाएर टार्छ ।
आज मान्लान भोली मान्लान छैन १ महिना बित्यो नाति नातिना संग खेल्ने बुढाबुढीको रहर पुरा हुन सकेन । छोरालाइ गाली गर्छन मनमनै नेपाली त सिकाउनु पर्छ भनेर तर भन्दैनन उनिहरु यसैमा खुसि छन ।
घर मा बुढा बुढी आएकामा गाउका भेट्न आउछन । तर केटाकेटिलाइ डिस्ट््रब हुन्छ उरुसाइ भन्दे अर्को कोठामा जान्छन ।
उमेशले बा आमा बसुन्जेर धेरै स्थानमा गाडीमा राखेर घुमाउछ । रमाइलो ठाउमा लैजान्छ तर किन किन बुढाबुढीको मन खुसि हुन सकेको छैन । उनिहरुलाइ जापान आएर खुसि भन्दा झन दिग्दार लागेको छ । मनमनै सोच्छन नदेख्दा त ठीकै थीयो देखे पछि झन कस्तो कस्तो लाग्ने ।
घर बुढाबुढी हप्ताको ६ दिन एक्लै बस्नु पर्ने बिहान सबै निस्कन्छन राति आउछन । कामले गर्दा छोरा छोरीलाइ पनि साझ सम्मनै स्कुल गराएका रे ।
बाले अब बाबु जानु पर्छ भनेर ३ महिनाको टिकट सार्न लगाउछन । बाको टिकट बन्छ । जादाको अधिल्लो दिन बुढाले मनले नै मानेन ।
छोरालाइ एक्लै बोलाएर कुरा गर्छन र भावुक हुदै भन्छन ः हेर छोरा, त यहाँ खुसि छस म पनि खुसि छु । तर यहाँ बसेता पनि हामी नेपाली हो । हिजोको त जस्तै तेरा छोराछोरी हुनुपर्छ भन्ने मेरो सोच होइन, तर कमसेकम घर नेपाली बोल, नेपाली संस्कार सिकाउ, नेपालको बारेमा कुरा गर यो त पटक्कै भएन हामी आउन त आयौ सारै दुख लाग्यो हेर । यस्तै हुदै जानेहो भने अबको ३र४ पुस्तापछि सोच त कस्तो हुन्छ । यस्तै सबै भुल्दै जानेहो भने सबै खुला हुन्छ बाबु, नेपाल मा सबै चिज नहोला, नेपालमा दुख होला तर नेपालको जस्तो संस्कार विश्वमा जहाँ गएपनि पाउदैनस हेर बाबु, केटाकेटी नबिगार नेपाली भाषा र सस्कृति सिकाइ तलाइ नेपाल नै लैजा पटक्कै भन्दिन । यस्तै भयो भने त केहि पुस्ता पछि तिमीहरुका नाति पनातिको पालामा नेपालीपन त पुरै सकिन्छ बाबु नेपाल र नेपाली पन त कहिल्यै छोड्न हुदैन ।
उमेशले मुन्टो हल्याउछ । केहि सोचमा पर्छ । सुत्छन सबै ।
बिहान एअर्पोट लगेर बाबुलाइ बिदाइ गरी पर्कन्छ । इति ।
(यसमा नाम मात्र पात्रको रुपमा ल्याइएको हो मिल्न गएमा संयोग मात्र हुनेछ । )
नोटः जापान घुमेर फर्किएका बाआमा संग गरेको कुरालाइ समेट्ने कोशिष गरेको छु ।
जापान प्रतिनिधी देश हो । प्राय बिदेशमा जम्ने नाममा उत्पादित समस्या ।
हामी नेपाली हौ नेपाली कला सस्कृतीको संरक्षण गरौ ।
फेसबुक प्रतिक्रीया दिनुहोस