पछिल्लो करिव १ दशक यता जापानमा नेपालीहरुको संख्या बाक्लिंदै जाँदा बसाई समेत लम्बिन थालेको छ । जापान बसाई लम्बिंदै जाँदा आफ्ना बाल बच्चाहरु यतै ल्याउने र यतै पढाउने प्रचलन ह्वात्तै बढेको छ । अझै अहिले त जापानमा नेपालीहरुले घर किनेर यतै ब्यबस्थीत हुने समेत बाक्लिएको छ ।
म बाबु आमा संगै बच्चाहरुलाइ राखेर पढाउनु पर्छ भनेर सबैलाइ भन्ने र आफुले पनि लागु गर्ने पक्षपाती नै हुँ । यो बच्चाहरुको लागी समेत राम्रो हो भन्ठान्छु । जापान यस्तो मुलुक हो जहाँ बालबालिकाहरुलार्इ सुरुदेखि शिक्षामा आत्मनिर्भर हुनु पर्छ भनेर सिकाईन्छ । विश्व परिवेशमा यो अति राम्रो पनि हो ।
यहाँका बालबालिकाहरु बिधालय जाने समय उत्साहित हुन्छन्, किनकी यहाँ पढाइको नाममा जबरजस्ती रगडाइ हुँदैन । उनिहरु प्रशस्त खेल्न पाउने, आफुले ईच्छाएका गतिविधि गर्ने मौका पाउछन । अर्थात् नेपालमा जस्तो किताब घोकाई र पढाई मात्र सिमित रहन्न ।
यहि बानीमा बच्चाहरुले शिक्षा हासिल सुरुवात गर्छन । बिधालयमा प्राय आफ्नो केन्द्रीत र आफ्नो भन्ने भाब नै घुमिरहने पाइन्छ ।
यसअर्थ जापानको शिक्षामा आफ्नै राम्रा गुणहरु रहेका छन । हामीले यहाँको शिक्षाबाट मनन गर्नुपर्ने कुराहरु धेरै छन । तर हामी जुन संस्कारमा हुर्किएका छौ अथवा हामीले जुन सस्कार अपनाएका छौ त्यसमा रहन अथवा बच्चाहरुलाइ राखनको लागी आमाबाबुले थोरै कसरथ गर्नु पर्छ नत्र जापानी सस्कारमा बच्चा पस्यो भने हामीले भोली फर्काउन सक्दैनौ भन्ने मात्र हो । यसो भनिरहदा के जापानी सस्कार यहाँको रहन सहन नराम्रो छ त भन्ने प्रश्न आउछ, अह त्यो भन्न म खोजिरहेको छैन मात्र हामी नेपाली सस्कार र जुन भावना छ त्यो बाट अलग होस अथवा हुनुपर्छ भन्ने चाहन्नौ, अझै भन्नेहो भने हामी जापानी हुन चाहन्नो यसअर्थमा नै मैले माथि त्यो भन्न खोजेको हो ।
अब प्रसंग बदलौः
यो केहि समय पहिलेको प्रतिनिधी घटना यसमा कुनै बनावटी छैन ।
शनिबार दिन थियो म रेष्टुरेन्टमै थिए । एक जना ग्राहकले फोनबाट खाना अर्डर गरेर लिन आए । अर्डर दिएकै समयमा आए, खाना तयार हुदैथियो केही मिनेट कुर्नपर्यो तसर्थ जुस पिउन दिए, पिउँदै कुरा गर्दा खाना लिन आएका व्यक्ति नेपाली भन्ने कुरा थाहा भयो ।
तर लवाइ, खवाई, बोलाइ सबै जापानीज थियो । अलि अलि नेपाली बोल्ने ति भाइसंग एक छिन गफिने मौका मिल्यो । उनको बाबा आमासंगै एकजना दाजु र एक दिदी संगै जापान बस्दै आएका रहेछन् । तर उनि अहिले आफ्नै तरिकाले छुट्टै बाहिर बस्ने भन्ने कुरा आफैले भने ।
बाबा कता भन्दा खोइ पहिले मैले छोडेकै स्थानमा हुनुहुन्छ होला भने । किन भेट हुदैन र भन्ने जिज्ञासा स्वभाविक बन्ने नै भयो । उनले २ बर्ष पहिले भेट भएको बताए ।
अनि दाइ कता भन्दा, खोइ दाइ कता छ भेट भएको छैन रे , दिदी मार्फत पहिल्यै कुरा हुदा दाइ पनि दाइगाक्को (युनिर्भसीटी) पढ्न छोडेर आफैं कताकता काम गरिरहेको भन्ने बुझियो ।
अनि दिदी भन्दा दिदि पनि काम गर्छन होला । ४,५ महिना पहिले कुरा भएको भन्ने कुरा उनले सुनाए । दिदी पनि अर्कै देशको केटा संग बिहे गरेर बसेको बच्चा छन तर देखेको छैन भन्ने कुरा भयो ।
म केही समय तरंगित भएं जापानमा नेपाली परिवारको यो बसाई र सम्वन्धले ।
तपाई एकपटक सोच्नुहोस् त, नेपाली परिवार के यस्तै हो त जापान बसाई भएको कारणले मात्रै ? म दंग परे, एकछीन सोचें र उनलाइ भने भाइ जे भए पनि बाबा संग भेट्न पर्छ, दिदी दाइलाइ फोन गर्नु पर्छ भने ।
यसो नभन्दै उनी भने म संग नम्बर नै छैन, कसरी फोन गर्नु भनेपछि कुरै त्यसै बिट मर्यो ।
यो घटना क्रमलाइ मैले यहाँ किन जोड्न खोजे भने मैले माथि भने जापानमा बसाइ राम्रो छ, पढाइ राम्रो छ सबै हिसाबले जापान शुन्दर छ तर हामी नेपाली भएको र नेपाली सस्कृति रहनसहन र नेपाली चालचलन हामीले चाहेर भएपनि परिवर्तन गर्न नसक्ने कारण ले थोरै ब्यबस्थीत गर्न नसक्ने होभने त्यसले हामीलइ यस्तै परिदृश्य तर्फ उन्मुख गराउदछ भन्ने मात्र हो । बाकी यो पनि ठिक हो आफै गरेको छ के भयो र भन्ने एक खालको तर्क त नआउला भन्न सकिदैन तर त्यो मात्र पुर्ण होइन भन्ने मलाइ लाग्दछ ।
नेपाली संस्कार र पारिवारिक मिलन बास्तबमै बिश्वकै उत्कृष्ठ लाग्छ । आफन्त , नाता गोता, आफ्नो मान्छे भन्ने कुरा नेपाली संस्कारले मात्र चिनाउँछ । र मलाई यहि विशेषता नै उत्कृष्ठ लाग्छ । विश्वमा हामी फरक र आत्मिय हुन यहि संस्कारले सिकाएको छ ।
मैले यो कुरा कहाँ नेर जोड्न खोजेको हो भने जापानमा बच्चाहरु राखेर पढाउनुहोस, राम्रो शिक्षा दिन सकिन्छ । हो, जापानको शिक्षा प्रणाली उत्कृष्ठ पनि छ । तर आफ्ना बाल बच्चाहरुलाई सानै देखि सकि नसकी आफु पनि जापानी बोलेर नेपाली बिर्षन बाध्य नबनाउनुहोस् । धेरै नेपाली परिवारको प्रत्यक्ष देखेको छु । जानी नजानि बच्चा संग जापानीमा कुरा गर्ने बच्चाले नेपालीमा बोल्दा समेत जापानीमा जवाफ फर्काउने बाबुआमा । तसर्थ यस्ताकुराहरुमा बिशेष ध्यान दिनु आबस्यक छ ।
जब बच्चा जापानी संस्कारमा पूर्णत बिलिन हुन जान्छ त्यतिखेर तपाइले चाहेर पनि नेपाली संस्कारमा जोड्न सक्नु हुन्न । तसर्थ विद्यालयमा उनिहरु अध्धयन गर्छन राम्रो छ, तर घरमा बाबा आमाले आफ्ना सन्तानसँग जापानीज नबोलिदिनुहोस, ताकि बच्चाले कम्तिमा नेपाली भाषा सिक्ने मौका पाओस् ।
झुकेर मात्र संस्कारी बनिन्न, नेपाली मौलिक संस्कार पनि सिकाउनुहोस् ।
घर वा निकटका आफन्तसँग फोनमा कुरा गर्दा अनिबार्य बच्चालाइ कुरा गर्न लगाउनुहोस । जसले उनिहरुलाई आफ्ना आफन्त चिन्न र घुलमिल हुन बानि पार्दछ ।
अन्त्यमा यसैमा अर्को एक प्रशंग जोड्न मन लाग्यो ।
केहि बर्ष पहिले गल्कोट समाजको सांगितीक कार्यक्रम चलिरहेको थियो । केहि जापानमा हुर्केका बालबालिकाहरु परिवार संगै कार्यक्रम स्थलमा आएका थिए । त्यो देख्दा खुसि लाग्यो आखिर गल्कोट समाज जापानले गर्न खोजेको काम मध्ये यो पनि एक हो यहाँ रहेका बच्चालाइ नेपाली सस्कृति तिर जोड्ने । कार्यक्रममा नेपाली लोकप्रिय गितले पुरै हल गुञ्जायमान थियो । ९९ प्रतिशत सहभागी गितमा रमाएर नाच्दै गाउँदै मनोरञ्जन लिईरहेका थिए ।
तर जापानमा हुर्केका त्यहाँ रहेका एकाध बालबालिकाहरु कानमा हेडफोन लगाएर मोबाइलबाट गित सुनिरहेको तिर मेरो नजर पर्न गयो । म अगाडि बच्चा देख्दा भएको खुसि झसंग भए । यसले के प्रष्ठ गर्दछ भने नेपाली र नेपाली सस्कृतिसंग जापानमा हुर्किएका हाम्रा बालबालिकाहरु टाढिईसकेका छन् । तसर्थ हामी बेलैमा सचेत बनौं । बालबालिकाहरुलाई अहिलेदेखीनै आफ्नो पन र आफ्नो मन बचाई राख्न नेपाली कला र संस्कार सिकाउने गरौं ।
नेपालीमा कुरा गरौं, नेपालीमै गाली गरौं तर बिन्ति नेपालसंग टाढा नगराउ । अहिलेत उनिहरुले जापानी भाषा सिकेको र उत्कृष्ठताको नतिजाले तपाईलाई खुशी देला तर पछि माथि उल्लेख भएका प्रतिनिधि पात्रको जस्तै अवस्थामा तपाईका सन्तान तपाईंबाट टाढिए भने तपाईलाई जीवनभर पछुतो मात्र हुनेछ ।
त्यतिखेर न सन्तानलाई साथमा ल्याउन सक्नुहुन्छ, न स्वदेश फर्किएर आफन्तजन पाउन सक्नुहुन्छ । नेपाली माटो र मनमा हुर्केका हामी, जतिसुकै सुखसुविधा र विदेशी संस्कारमा रमे पनि बुढेसकालमा भएर पनि नभएजस्तो सन्तान बिनाको अन्तिम सास लिन कहाँ त्यति सजिलो छ र ।
यो मैले देखेको बिषय उतारेको हो, बाकि तपाइ आफै सोच्नुहोला है ।
– लेखक नेपाली जनप्रगतिशील मंञ्च जापानका अध्यक्ष हुन ।


kJYHdxVMQ
LGmyQInuPtkcsoN
vrd0uz
5l8ea6
dja8kc
pb9ubq
So, I took a peek at ninogamingbet.net. The site looks pretty clean, easy to figure out. Give it a look if you are into putting a little something extra on your game. Get betting: ninogamingbet