मेरो शुन्दर गाँऊ “चरौदी”

0Shares
गाँउको याद हाम्लाइ कहिलेपाे नआउलार
फाँटबाट सुरु भइ अन्त कायस सिरानघर !
गहिरी, स्यानीको डाँडा बिचमा स्याउली बजार
उता हेर्यो बौर, कोल बुढार, अनि पधेराघर !!

साउनीखोला हुदै जान्थ्यौ स्वामीको डाडाँ घर
ढाटिबारी पल्लाबारी पार्वती स्कुल संगै बाँकेघर !
चुत्रेनी, देउराली चोरकाटी खेल्ने थलो उमंगथ्यो मन
हाफ टाइममा कुटुस खोज्न गइन्थो त्यै पालेको बन !!

बाटामाथि, बाटामुनि, थापाडाँडो त्यैनेर गैराघर
गाउँकै सर, पुग्ने घरघर लाग्थ्यो औधि डर !
परावारी, डाँडाघर, माथिघर गुएली छ माथि
उपल्लाखेत, पन्थाको सोत खेल्थ्यौ साथिसाथी !!

ठाकुरवारी, गैरावारी पाँडेटोल पिपलाकोबोट
गाउँ जगाउने काम सुरु हुन्थ्यो धैयावारीबाट !
जोगिनि डाँडा काफल डाँटा तल पिपलारुख
त्यै ठाउमा जन्मीइ हुर्कि काट्यौ सुख दुःख !!

खुइल पर्यो मामा घर, संगै भेडिखर्क, झुपेबारी
त्यै खेली हुर्केउ हामी सम्झना आउछ घरीघरी !
अमलडाडा,काउलारुख, सिद्धाकोथान माथी डाँडा घर
रोपाइ हुन्थ्यो लाइन्थ्यो पानि त्यै खुइलीखोलाको भर !!

नेपानेमै छ सिरमपाटा, साउनपनी, अनि कुडाँर
गल्लीमुनि, गल्लीमाथि हुदै बोकिन्थ्यो सल्लीविर !
पाठाबारी, कोलपारी, बुढाघर अलिपर गोताएघर
कस्तो हाम्रो मिलेको गाँऊ सबै एकअर्काको भर !!

उकालोको थकान मेटिन्थ्यो पुगेपछि सेतिबेशी
ज्ञानको पाठशाला थ्यो, बन्द भयो केहि बर्षदेखी !
लाम लाग्थ्यो घुडेनीमा लिनको लागी छाउने ढुंगा
बाग्लुंगमानै प्रख्यात थियो अरु ठाउको भन्दा !!

देउराली, हल्लार, गोरखपुरे, डाडाँघर अनि बेसीघर
बासरुखमुनी सिलांगे मास्टरको घर संगै बाटाघर !
दुधिलारुखमुनि बुढाघर,चौरमाथि, एनडाडाँ पुगियो बल्ल
थापाटोल अनि त्यहि छ सबैतिर परिचित विशाल जोर्ते सल्ला !!

माथि गए कालिलेख दृश्याअलोवकन चुच्चेढुंगाबाट
देखिन्छ सिंगो गल्कोट संगै मरे जाने मसान घाट !
यता दरम उता गौदि खोला, देखिन थाले ठुला घर पारिबाट
शुन्दर गाँउ चरौदी तर दुखलाग्छ कुरुप बन्दा मजुवाफाँट !!

२०२०-०६-१३ 

नोटः चरौंदी भन्नाले साविकको वार्ड नं ९ र ८ पर्दछ । तर मैले सबै छुट्ने देखेर अहिलेलाइ ९ नं वार्ड को मात्र कोर्ने प्रयास गरेको छु । मन चाहि वार्ड न ८ को पनि उतार्ने मन छ । कोशिषमा छु ।

फेसबुक प्रतिक्रीया दिनुहोस