रमितेहरु
रमिता होस् त कहिँ
रमितेहरु लाइनहुन्छन
यहाँ
यहाँ यस्तो सम्म गर्छन
तिमि लडीरहदा
तिमीलाई उठाउनेहोइन
तिमीलाई हेर्नेको लाइन हुन्छ
सोच्छन कुन चैँ रमिता रहेछभन्ने ।
तिम्रा कमजोरी देख्दा
अह, सुधार भन्दैन
मन मनै रमाउछ अनि रमिता हेरीरहन्छन
साच्चै तिम्रो आशु आउदा
रमितेहरु आफु कहिल्यै नरोएको जस्तो गर्छन
साच्चिकै रमितेहरु
हामी सबै कहिँ न कतै रोएका छौ
सबैको रुवाई एकै हो
कहिलेपनि महसुश गर्दैनन ।
केहि काम गर
तिमिले गरेको रमिता हेर्नेहरु लाइन पाउछौ
तिम्रो काममा साथ दिनेहरु
तिम्रो रमिते कहिले बन्न सक्दैन
सोच्नु हुदैन तिमीले
ति सहयोग गर्नेलाइ
रमितेहरु त केबल
अर्काको दुखमा रमाउछन
काम होइन उनको दिमागमा
प्रश्न मात्र तेर्साउने बानि परेको हुन्छ
त्यहि गर्छन ..
काम गर्ने थलो अर्कै बनाएका हुन्छ
रमिता हेर्ने थलो हुन्छ अर्कै
रमितेहरु पनि
रमितेहरु पनि काम त गर्छन
के गर्छन गाइगुइ छिमेकिले समेत थाहा पाउदैन
भन्छन हामी के कम हामि गर्छौ गरेकै छौ
तर छातीमा हात राखेर
म प्रश्न गर्छु
रमिता हेर्न जति सझिलो हुन्छ नि
त्यसको पात्र बनेर हेर
एक पटक लडेर हेर
कति दुख्दो रहेछ
पिडा कति हुदो रहेछ
तब थाहा पाउनेछौ ।
तर तिमिमा रमिताहेरेर रमाउने
बानि परिसकेछ,
तसर्थ म पनि
चाहन्छु तिमिलाइ नपरोस
कहिल्यै लड्न
कहिल्यै नपरोस
असफल हुन
तिमि पो त रमितामा रमाउछौ
र पनि म कामना गर्छु
तिमि सफल हुनु
कहिल्यै नलड्नु
सधै तिम्रो शुभ समाचार सुन्न पाईरहु
म चाहन्छु कि कसैले
कसैले नदेखोस तिमि लडेको
तिम्रो लडाईमा अरु रमितेले हेरेको
देख्न नपरोस
यहि चाहन्छु,
कतै लड्यौ भने पनि
म कामना गर्दछु सर्बप्रथम
म नै उठाउन पाउ ..
मैले नै उठाउन पाउ !
किन कि म रमिता हेर्न जान्दिन
बिग्रेपनि सप्रेपनि
अगाडी आए पछि केहि गर्नु पर्छ
तर कहिल्यै रमिते बन्ने छैन ।
अन्तमा
कामना गर्छु तिमीलाई
कहिल्यै लड्न नपरोस
शुभकामना ! शुभकामना !! शुभकामना !!!
वैशाख २२ गते २०७६ सेताेपरेवामा प्रकाशित


iIKBOhpFQkM
DEOLGVinNwsjCy
IPsRfaxkMEN
UywvkCMilgaWoO
eyckwf
stfx62
Yo, luckypkr777? They’re legit! I’ve been grinding on luckypkr777 and the odds are fairly decent. The user interface is pretty smooth too. Give it a shot fam! luckypkr777