सुनेथे मिसावटको व्यापार हुन्छ अरे शहरमा,
त्यस्तै ठगिए होला मैले गर्ने बिश्वासमा
म त आजकल सोच्छु किन
बजार मुल्य बढ्दा पनि तिम्रो भाउ घट्छ ?
न तिमि सोच्यौ न सोच्ने चेष्टा पनि गर्यौ
तर सबैलाइ दंग छन,
कसैले सोचेको थिएनन यति सस्तो जिनिश हौ भन्ने
बजार भाउमहँगो हुदा पनि
अरु बढाएर बेच्छन,तिमिचै घटाउने
तिमि बुझ्दै जान्छौ
तिमीलाई सस्तोमा किन्दै,
बजारमा अर्कै छन् मोटाउने !!
तर तिमिले हेक्का राख्दैनौ
यहाँ हजुर हजुर भनि
फाइदा लिनेको लहर छ
कम्तिमा
तिमीले महशुस गरेको हेर्ने रहर छ
नत्र यस्तै घट्दो ब्यापारमा
गइरहने हो भने
नियमित ग्राहक पनि
बिश्वास गर्न छोड्ने छन्
अनि
सोच त परिणाम के हुन्छ ?
तसर्थ
फेरी पनि भन्छु
तिमीले महशुस गरेको हेर्ने छ रहर


CasinoWinona es sinónimo de diversión y ganancias. Siempre encuentro algo que me gusta y los bonos son muy atractivos. You need to see!. casinowinona