गलकोट बि.स. २०१६ सम्म सामन्तवादी राज्य रजौटाको जुवा मुनि रहेको स्थान हो । २००७ सालमा नेपालमा प्रजातन्त्र आएको भनीय पनि त्यही प्रजातन्त्र पनि गलकोटमा आएन । राजा भरबम् मल्ल राजा र काङ्ग्रेसका नेता दुबै थिए । राणाले दिएको राज्य र २००७ सालले ल्याएको प्रजातन्त्रको उपभोग गर्ने राजा भरतबम् मल्ल स्वयम् आफै थिए । उनका बिपक्षमा हरिचौरका बमबहादुर गौचन लगायतका थकालीहरू अनकमानको पार्टी प्रजातान्त्रिक भनिने पानसको बत्ति चुनाव चिन्हमा लागेका थिए भने हटीयाका थकाली भिमप्रसाद, चित्रप्रसाद शेेरचनहरू डा.केआइ सिंहको गोर्खापरिषदमा लागेका थिए । २०१५ सालको आम चुनावमा राजासंगको प्रतिष्पर्दामा यिनीहरू हात्तीका अघि मुसा बराबर थिए । नेपाली काङ्ग्रेसको तर्फबाट राजाले अत्यधिक बहुमतले जिते यिनीहरूको जमानत पनि जफत भयो । २०१६ सालमा राज्यरजौटा उन्मुलनमा परि राज्य गुमाउँदा निराश बनेका राजा भरतबम् मल्ल २०१७ सालमा संसद बिगटन भै पञ्चायती ब्यबस्था लागू भए पछि राजनीतिबाट सन्यास लिए । गलकोटका लागि पञ्चायती निरूङ्कुश ब्यबस्था पनि बरदान सरह भयो । गलकोटका जनताहरू लामो कालको स्थानीय सामन्तवादी राजतन्त्रको जुवाबाट मुक्त भए । त्यस पछि गलकोटमा सच्चा काङ्ग्रेस पनि हराय र पञ्चकाङ्ग्रेसमा पतन भए । नेपाली काङ्ग्रेसले २०१८,२०२७ मा सशस्त्र बिद्रोह गर्दा गलकोटका काङ्ग्रेसहरू पञ्चायतमा रमाइरहेका थिए । २०४६ सालको आन्दोलनमा मुकुन्द भण्डारीले साहस देखाएका थिए तर काङ्ग्रेस हुँ भन्ने कुनैले सहयोग गरेनन् उनी पनि बिचलित भए । पञ्चायती ब्यबस्था सुरू भए पछि शुध्दपञ्च र पञ्चकाङ्ग्रेस दुई मात्र शक्ति थिए ।हरिचौरकै थकाली परिबारका वसन्त गौचन ले गोरखपुरमा दोकान गरेर बसेका थिए ।
उनको पुष्पलालसंग भारतमै सङ्गत भएछ र उनी २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्य भएका रहेछन् । पन्द्र सालको आम चुनावमा नराम्रो हार ब्यहोरे पछि उनीबाट तेजब गौचन, तसमत गौचन , बलबहादुर शेरचनहरू कम्युनिष्ट बनेका रहेछन् । २०१७ सालमा पञ्चायती ब्यबस्था लागू भए पछि यिनीहरू खुँखार पञ्च बन्न पुगे । हटीयामा गौमुखी स्कुल थियो । बलराम जोसी १८/१९ सालमा शिक्षक भएर आए । उनी मार्क्सवादी बिचारका रहेछन् उनले भिमप्रसाद शेरचन र चित्रप्रसाद शेरचनलाई कम्युनिष्ट बिचारमा ल्याएका रहेछन् । यसै समयमा गलकोटका मुखीया जिम्वाल साहु महाजन गुरु पुरोहितहरूले छोराहरू काठमाण्डौ पढ्न पठाएका थिए जसमा चरौदीबाट देबराज पन्त ,मुरारी उप्रेती ,भवानीप्रसाद पाण्डे, हरिचौरबाट कृष्ण ढकाल, भुजुङ्गेबाट ललितबहादुर श्रीस , हटीयाबाट बद्रीकुमार श्रेष्ठ , गल्याङ्गबाट चित्रबहादुर केसी, दुदिलाभाटीबाट देबेन्द्र शुबेदीहरू थिए । यिनीहरूले काङ्ग्रेसको चर्तिकला देखेका बुझेका थिए र काङ्ग्रेसलाई घृणा गर्दथे । त्यस समयमा चीनमा संस्कृतिक क्रान्ति चलेको थियो । नेपाल चीन मैत्री सम्बन्ध भएकाले चाइनिज प्रकाशनहरू काठमाण्डौमा निशुल्क पाइन्थ्यो । किताब निशुल्क पाइने हुदा यी किताहरू पढ्दा पढ्डै र प्युठानका खड्गबहादुर सिंहको सङ्गतले गर्दा यी सबै कम्युनिष्ट बिचार तर्फ आकर्षित भएका रहेछन् ।
हटीयाको गौमुखी बिध्यालय २०२१ सालमा गौमुखी हाई स्कुल बन्न पुग्यो । हाई स्कुल भए पनि बिध्यार्थी सङ्ख्या एक देखि दशसम्म करिब एकसय पचास जति मात्र थियो । २०२२ सालमा गुल्मि थोर्गाका माधव ज्ञवाली केशव ज्ञवालीहरू शिक्षक बनेर आए । हामी बिध्यार्थी पनि बयस्कनै थियौ । उनीहरू कम्युनिष्ट रहेछन् । उनीहरूले हामीहरूलाई कम्युनिष्ट बिचारमा लाग्ने प्रेरणा दिए । हामी एकसय पचासमा अपबादका रूपमा दश पन्द्र जना काङ्ग्रेसमा लागे होलान् अरू सबै कम्युनिष्ट तर्फ लाग्यौ । देबराज पन्त आएर चरौदीमा शिक्षक बने , देबेन्द्र सुवेदी दुदिला भाटीमा शिक्षक बने , बद्रीकुमार श्रेष्ठ हटीयामा शिक्षक बने , चित्रबहादुर केसी हरिचौरमा शिक्षक बने , गौमुखी हाई स्कुलमा बामपन्थी शिक्षक आउने क्रम बढ्दै गयो बालमुकुन्द खरेल शिक्षक भएर आए, झलनाथ खनाल शिक्षक बनेर आए । यसरी गलकोट भरका स्कुलहरू बामपन्थी शिक्षकहरूले भरिए । सैध्दान्तिक स्तर राम्रो कुनैको थिएन ता पनि कम्युनिष्टहरूको चहल पहल सुरू भयो ।
त्यस समयमा शिक्षकले पञ्चायतका बडा अध्यक्षदेखि प्रधानपञ्च अञ्चल जिल्ला हुँदै राष्ट्रिय पञ्चायतको सदस्य मन्त्री हुन पनि छुट दिएको थियो । देबराज पन्त हरिचौरमा चुनाव जितेर प्रधान पञ्च बनेका थिए । देबेन्द्र शुबेदी जिल्ला पञ्चायतको सदस्य समेत भएका थिए । कम्युनिष्टहरूले पञ्चर पञ्चकाङ्ग्रेसहरूको स्थान लिदै जाँदा कम्युनिष्टका बिरूध्द पञ्च काङ्ग्रेसको मोर्चा बन्दै थियो । गौमुखी हाई स्कुलले एस् एल् सी परिक्षामा २०२३सालबाट बिध्यार्थी सरीक गराउन थालेको थियो । पहिलो बर्षमा निलप्रसाद श्रेष्ठ एक जना पास भएका थिए भने दोस्त्रो बर्षमा राजबीर श्रेष्ठ र छमसिंह भण्डारी पास भएका थिए । तेस्त्रो ब्यचमा हामी पन्द्र जना सबैले एस् एल् सी पास गरेका थियो । साहेद सतप्रतिशत बिध्यार्थी परीक्षा पास गरेको यो आजसम्मको पहिलो रेकर्ड होला । एस् एल् सी पास हुने मध्ये दुई तीन जना बाहेक सबै शिक्षक भएर नेर घेराका बिध्यालयहरूमा गएका थियौ ।म अर्गलको बिध्यालयमा गएको थिए ।
गलकोट भरका सबै पढे लेखेकाहरू कम्युनिष्ट बन्दा अपबादका रूपमा राजा भरतबम् मल्लका भान्से बाउन कुलराज गौतम काङ्ग्रेस बन्न पुगे र हटीयाको स्कुलको सञ्चालक समितिको अध्यक्ष भए । हरिचौरको बिध्यालयमा तेजव गौचन अध्यक्ष थिए । दुबै स्कुलका शिक्षकहरू कम्युनिष्ट थिए । चित्रबहादुर झलनाथ खनालहरूले गलत तरिका अपनाय । कुलराज गौतम र तेजब गौचनका बीच सम्झौता गराएर दुबै स्कुलको एकिएकरण गरेर गलकोट हाई स्कुल मजुवामा चलाउन सुरू गरे । जग्गा प्राप्तिका लागि दुई चार मुरी धान हुने किसानको जग्गा अधिकरण भन्दै आतङ्कनै मच्काएका थिए । त्यसै समयमा राजाको जन्मोत्सबमा अर्गलमा मेरो नेतृत्वमा मनाएको कालो दिबस र चरौदीमा भएको सांस्कृतिक कार्यक्रममा म, दुर्गराज पन्त, पद्मप्रसाद पाण्डे , पद्मबहादुर थापा र अमरप्रसाद ढकालले प्रस्तुत गरेको पिठे रेडियो कार्यक्रमले पञ्च काङ्ग्रेसलाई हामी माथि कार्यबाही चलाउने बाटो खुल्यो । कुलराज र तेजबको आपसमा कट्टर बैरभाब थियो । यिनीहरूलाई मिलाउने काम चित्रबहादुर, झलनाथ ,बद्रीकुमार,देबराज अादिको थियो । यी दुबै मिलेर गलकोटबाट कम्युनिष्टहरूको नाम निसान मेटाउन अञ्चलाधिसको रोहबरमा प्रतिज्ञा गरे ।
कम्युनिष्ट भनिने जति सबैलाई सखाप पार्ने नीति बन्यो । सर्बप्रथम हामी म, दुर्गराज पन्त पद्मप्रसाद पाण्डे , पद्मबहादुर थापा र अमरप्रसाद ढकाल गिरफ्तार भयो । हामीलाई २८ दिनसम्म यातना दिनसम्म दियो ।सबभन्दा बढी यातना पाउनेमा दुर्गराज पन्त थिए । त्यस पछि कम्युनिष्ट हुन् भन्ने कसैलाई पनि नछाड्ने नीति बनाएछ । चित्रबहादुर केसी र बालमुकुन्द खरेल फरार भए । अन्य देबराज पन्त, मथूराप्रसाद ज्ञेष्ठ, झलनाथ खनाल ,निलप्रसाद श्रेष्ठ ,बद्रीकुमार श्रेष्ठ, कृष्ण ढकाल, बाँणीराज पन्त , जसले हामीहरूलाई गिरफ्तार गराउन पुलिस प्रसाशनलाई सहयोग गर्दै आएका तसमत गौचन र बलबहादुर शेरचनहरूको घरबाट २०१६ सालमा कम्युनिष्ट सदस्य बन्न पाउँ भनेर लेखेको निबेदन फेला परे पछि उनीहरू पनि गिरफ्तार भए । उनीहरू आफैले खनेको खाल्टोमा आफै परे । गुल्मिबाट अड्डासार गर्दै माधव ज्ञवालीलाई पनि ल्याइ पुरायो ।
ब्यक्तिगत चिठ्ठीमा कमरेड लेखेकै कारण यामप्रसाद पुनलाई काठमाण्डौमा गिरफ्तार गरि अड्डा सार गर्दै ल्याइपुरायो । यसरी लगभग पचास जना जति गिरफ्तार ग-यो । गलकोट हाई स्कुल हटीयामै ल्याइयो र काङ्ग्रेसी शिक्षकको नेतृत्वमा गयो । हरिचौरको मिडिल स्कुललाई नमुना प्राथमिक बिध्यालयको नाममा स्तर घटुवा गरियो । यसरी कम्युनिष्टहरूको सर्बनास गरौ भन्दै केही समय आत्मरति गर्न पुगे । म ,दुर्गराज पन्त, पद्मप्रसाद पाण्डे ,पद्मबहादुर थापा र अमरप्रसाद ढकाललाई राजकाज अपराध मुद्दा लगाइ जेल चलान ग-यो । यामप्रसाद पुन ,देबराज पन्त ,झलनाथ खनाललाई शान्तिसुरक्षा ऐन अन्तरगत मुद्दा चलाएर जेलमा ल्यायो , माधब ज्ञवाली , मथुराप्रसाद श्रेष्ठ , तसमत गौचनर बलबहादुर शेरचनलाई संघसस्था ऐन गत जेलमा ल्यायो । यसरी एकै पटकमा गलकोटबाट २०२६सालमै बाह्र जनाले कम्युनिष्ट भएकै कारण जेलमा बसेका थियौ ।
क्रमस अरू पछि ….
फेसबुक प्रतिक्रीया दिनुहोस